नेभिगेशन
न्यू साउथ वेल्स

 सिड्नीमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाईने 


सिड्नी । गोर्खा समाज अष्ट्रेलियाको नेतृत्वमा सिड्नीका विभिन्न नेपाली सामाजिक सस्थाहरुको सहभागितामा यहि मे महिनाको ३१ तारिख शनिवार सिड्नीमा ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ मनाईने भएको छ । 
सिड्नीको फाइभ डग स्थित ट्रिम्बेल पार्कमा बिहान ९.३० बजे सुरु हुने सो कार्यक्रम  एन एस डब्लूका नेपाली सामुदायिक संस्थाहरूसँगको सहकार्यमा हुनेछ ।  फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसियसन अफ अष्ट्रेलिया (FeNCAA) ले यस बर्ष ‘सगरमाथा र हिमालयको संरक्षण’ नाराका साथ अष्ट्रेलियाको विभिन्न राज्यहरुमा विभिन्न कार्यक्रमका साथ ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ मनाउन लागेको छ । 


सन् १९५३ मे २९ तारिखमा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका  एडमण्ड हिलारीले सगरमाथाको शिखरमा पहिलो मानव पाइला टेकेको ऐतिहासिक दिन हो । यस दिनलाई नेपाल सरकारले सगरमाथा दिवसको रुपमा विभिन्न कार्यक्रमका साथ मनाउने गर्दछ । 

यो दिन अब जलवायु परिवर्तनको बारेमा जागरूकता जगाउन र नयाँ पुस्तालाई सगरमाथा र हिमालय क्षेत्रको संरक्षण ,सम्बर्धन र यसको महत्वका बारेमा जानकारी दिने विभिन्न खालका कार्यक्रम गरि मनाइन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्