नेभिगेशन
न्यू साउथ वेल्स

एनआरएनए अस्ट्रेलियाको निर्वाचन मिति घोषणा जुलाई २६ मा तय

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए ) अस्ट्रेलियाले निर्वाचनको मिति घोषणा गरेको छ । सिड्नीको मेरील्यान्ड स्थित   एनआरएनए  अस्ट्रेलियाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अनिल पोखरेलले आगामी जुलाई २६ शनिबारका  दिन निर्वाचन गरिने जानकारी दिए ।
उनका अनुसार, यसपटक आईसीसी सदस्य डिल्ली राम ढकाललाई प्रमुख निर्वाचन आयुक्त तोकिएको छ । तेस्तै   उपसंयोजक एडिलेडका राजु उपाध्याय तोकिएका छन् ।
अन्य राज्यमा न्युसाउथवेल्सको संयोजकमा राजु मानन्धर, भिक्टोरियामा हेम दुलाल, क्विन्सल्यान्डमा सुरेश खत्री, साउथ अस्ट्रेलियामा अंकुर उपाध्याय, वेस्टर्न अस्ट्रेलियामा रविन बर्तौला, तास्मानियामा कन्चन अर्याल र एसिटीबाट कृष्ण सुवेदी र नर्दन टेरेटोरीबाट दिनेश सापकोटा तोकिएको छ ।
निर्वाचन आयोग र एनआरएनको छलफलपछि समिति सदस्यको टुंगो लाग्ने अध्यक्ष पोखरेलले बताए ।

यसपटक एनआरएन अस्ट्रेलियाको नयाँ विधानबमोजिम अध्यक्ष, एक उपाध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि निर्वाचन हुनेछ । राज्य संयोजक अब उपाध्यक्ष नहुने भएका छन् । उनीहरू राज्य संयोजक रहे पनि पदीयरूपमा कोषाध्यक्ष मुनिका पदाधिकारी रहनेछन् ।
नयाँ विधानबमोजिम एनआरएनए अस्ट्रेलियाका बोर्ड सदस्य १९ जना हुनेछन् । यसअघि, १७ सदस्यीय बोर्ड रहने गरेकामा एक उपाध्यक्ष र प्रिन्सिपल ग्रान्ट अफिसर थप गरिएको छ । 

एनआरएन अस्ट्रेलियाले सदस्यता शुल्क २५ डलरबाट बढाएर ३० डलर बनाएको छ । आजीवन सदस्यता शुल्क २५० डलर तोकिएको छ ।
निर्वाचनमा यसअघिकै व्यवस्था अनुसार   एउटा कार्डबाट अधिकतम चार जनाबाहेक सदस्य बन्न नमिल्ने व्यवस्था यथावत् राखिएको छ । सदस्यता बन्ने क्रम जारी रहेको र यसको अन्तिम म्याद जुन ६ सम्म छ । पत्रकार  सम्मेलनमा अध्यक्ष पोखरेलले हरेक दुई दुई दिनमा कति   सदस्य  बने भन्ने जानकारी दिदै जाने बताए ।  
 लाईफ मेम्बरले किन सदस्यता नविकरण गर्नु पर्छ भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष अनिल पोख्रेलले तथा   आइ सि सि सचिव ज्ञानेन्द्र   रेग्मीले   लाईफ मेम्बरहरुलाई २ -२ बर्षमा रिभ्यु गर्ने बाध्यता नराख्ने  हो भने आफु बसेको देश छाडेर अर्को देशमा जानेले २-३ वटा रास्ट्रको सदस्य बन्ने सम्भावना हुने हुँदा त्यसलाई कन्ट्रोल गर्न पनि रिभ्यु गर्नु जरुरी रहेको  बताए  ।  

यसपटक आईसीसीस्तरमा देखिएको विवादले सदस्यतामा पर्ने प्रभावबारे अध्यक्ष पोखरेलले खासै फरक नपर्ने बताउदै    पहिलेकै संख्यामा सदस्यता कायम हुने अपेक्षा राखेको बताए। २०२३- २०२५  को कार्यकालमा १५ हजार  ४ सय  १६ सदस्यहरु  बनेका  थिए ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप न्यू साउथ वेल्स
अष्ट्रेलियामा चलचित्र ‘पीआर’को रेड कार्पेट प्रीमियर हुने          

अष्ट्रेलियामा चलचित्र ‘पीआर’को रेड कार्पेट प्रीमियर हुने          

विदेशमा रहेका नेपाली विद्यार्थीहरूको संघर्षतो कथा तथा नेपालमा रहेका परिवारजनको भोगाई चलचित्रको मुख्य विषयवस्तुरहेको यसका एक नीर्माता रन्जीत साहले बताए ।