नेभिगेशन
न्यू साउथ वेल्स

अष्ट्रेलियाको चुनावमा लेबर पार्टीको जीत प्रधानमन्त्री एन्थोनी अल्बानिज दोश्रोपटक प्रधानमन्त्री चुनिने निश्चित

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज दोश्रोपटक प्रधानमन्त्री चुनिने निश्चित भएका     छन् ।  मे  ३ तारिक शनिबार    सम्पन्न निर्वाचनमा लेवर पार्टीका नेता तथा प्रधानमन्त्रीले बहुमतका साथ दोश्रोपटक चुनाव जीत निश्चित भएको  यहाँका संचार माध्यमहरुले जनाएका छन्  । आईतवार  बिहानसम्म लेबर  पार्टीले ८५ सिट पक्का  पक्की  गरिसकेको छ ।  
यता विपक्षी लिवरल पार्टीका नेता पिटर डटनले नराम्रो पराजय भोगेका छन् ।  उनले आफ्‌नो निर्वाचन क्षेत्रको सिट समेत गुमाएका छन् । क्वीन्सल्याण्ड राज्यको डिक्सन क्षेत्रमा उम्मेदवारका रूपमा उठेका पिटर डटनले विपक्षी लेवर पार्टीकी उम्मेदवार अली फ्रान्ससँग हारेका हुन ।  डटनले हार स्वीकार गर्दै उनले प्रधानमन्त्री एन्थोनी अल्बानिजीलाई बधाई दिएका छन्  ।  उनले आफ्‌नो निर्वाचन क्षेत्रमा विजयी उम्मेदवार अली फ्रान्सलाई समेत बधाई दिएका छन् ।IMG_9069-1746310257.jpeg

आफ्नो पार्टीले  पूर्ण बहुमत ल्याएपछी प्रधानमन्त्री एन्थोनी अल्बानिजीले सम्पूर्ण मतदातालाई धन्यवाद दिदै आज अस्ट्रेलियन जनताले अस्ट्रेलियन मूल्यका लागि मत दिएको  बताएका  छन्   ।  उनले  सबै अस्ट्रेलियनलाईहरूलाई समान अवसर दिने समेत उल्लेख गरे ।  प्रधानमन्त्री एन्थोनी अल्बानिजीलाई देश बिदेशका नेताहरुबाट शुभकामना           सन्देश आउने क्रम जारी  छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप न्यू साउथ वेल्स
अष्ट्रेलियामा चलचित्र ‘पीआर’को रेड कार्पेट प्रीमियर हुने          

अष्ट्रेलियामा चलचित्र ‘पीआर’को रेड कार्पेट प्रीमियर हुने          

विदेशमा रहेका नेपाली विद्यार्थीहरूको संघर्षतो कथा तथा नेपालमा रहेका परिवारजनको भोगाई चलचित्रको मुख्य विषयवस्तुरहेको यसका एक नीर्माता रन्जीत साहले बताए ।