नेभिगेशन
न्यू साउथ वेल्स

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको अध्यक्षमा रमेश पौडेल

सिड्नी ।  प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैटौं अधिवेशनले रमेश पौडेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अष्ट्रेलियाका आठवटै राज्यबाट सहभागी प्रतिनिधिहरूबीच भएको छलफलपछि पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।IMG_6701-1786935278.jpeg

अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिको 
उपाध्यक्षम्स दीपक पहारी, सचिवमा मिलन पाठक, सहसचिवमा किशोर भण्डारी रहेका  छन् । अन्न्य  कार्यकारी सदस्यहरूमा सुजन श्रेष्ठ, दिनेश पाण्डे, रमेश पाण्डे, प्रेम शाही, युवराज पहाडी, नारायण बस्नेत, स्नेहा न्यौपाने, लेनिन पौडेल, सुवास सुवेदी, राजु गौचन, कृष्ण सापकोटा, मुगेन्द्र गौतम, प्रकाश पौडेल, अरुण गौतम, चन्द्र कुँवर, रविन भुषाल, गणेशराज गौतम, मोहन शर्मा र तेजविक्रम मल्ल चयन भएका छन् ।  

सिड्नीको अबर्नमा आयोजित अधिवेशनको उद्घाटन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डेले पानसमा बत्ती बालेर गरेका थिए। कार्यक्रममा मञ्चका उपसचिव प्रभु राम थापा विशेष अतिथिका रूपमा सहभागी थिए।

अधिवेशनमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार तथा पूर्वउपाध्यक्ष डा. विनोद श्रेष्ठ, उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मी, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय सल्लाहकार राजन बस्नेत, ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष विष्णु हमाल, एनआरएनए एनएसडब्ल्यू संयोजक उषा वारिया पोखरेल र नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका महामन्त्री रोहित खड्कालगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए।

उद्घाटन सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष केशव जोशीले गरेका थिए भने सचिव प्रकाश पन्थीले कार्यक्रम सञ्चालन गरेका थिए। उपाध्यक्ष बालगोपाल उपाध्यायले स्वागत मन्तव्य र उपसचिव अशिम कोइरालाले धन्यवाद ज्ञापन गरेका थिए।

अधिवेशनको बन्द सत्रले निवर्तमान अध्यक्ष केशव जोशीद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक विभाग प्रमुख दीपक पहाडीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

अष्ट्रेलियाका विभिन्न राज्यबाट आएका प्रतिनिधिहरूले संगठनको आगामी कार्यदिशा, प्रवासी नेपालीका मुद्दा तथा संगठन विस्तारका विषयमा छलफल गरेका थिए।
कार्यक्रमको समापनमा प्रमुख अतिथि रमेश पाण्डे, विशेष अतिथि प्रभु राम थापा, ओएनएफ अन्तर्राष्ट्रिय सदस्य शिशिर नेपाल तथा माधव शाह, अष्ट्रेलिया उपाध्यक्ष राम घिमिरे, निर्वाचन प्रमुख होम पाण्डे र ओएनएफ ओशियाना अध्यक्ष राजु उपाध्यायलगायतले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

नवनिर्वाचित अध्यक्ष पौडेलले संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै अष्ट्रेलियामा रहेका नेपाली समुदायका साझा सरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्