नेभिगेशन
न्यू साउथ वेल्स

एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास

सिड्नी ।  नेपाली मूलका बालबालिकामा रहेको सिर्जनशीलता, आत्मविश्वास तथा सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले Nepalese Australian Association (NAA) ले आयोजना गरेको ‘Children’s Talent Night 2026’ को ग्राण्ड फिनाले सिड्नीमा भव्य रूपमा सम्पन्न भएको छ।IMG_5760-1782099330.jpeg

कार्यक्रममा ५ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरूले गायन, नृत्य, वक्तृत्वकला (पब्लिक स्पिकिङ) लगायत विभिन्न विधामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। सहभागी बालबालिकाहरूले नेपाली भाषा, कला र संस्कृतिको झल्को दिने प्रस्तुतिसँगै आफ्नो सिर्जनात्मक क्षमता र आत्मविश्वासको प्रभावशाली प्रदर्शन गरेका थिए।

ग्राण्ड फिनालेको उद्घाटन परम्पराअनुसार पानसमा दियो बालेर गरिएको थियो। उद्घाटन सत्रमा बोल्दै संस्थाकी अध्यक्ष निशा राजभण्डारीले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरिन्। उनले बालबालिकाको प्रतिभा पहिचान र प्रोत्साहनका लागि यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउँदै नेपाली समुदायका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र मौलिक पहिचानसँग जोड्न संस्थाले निरन्तर प्रयास गरिरहेको उल्लेख गरिन्।IMG_5763-1782099354.jpeg

उनले प्रतियोगितामा सहभागी भएका सबै बालबालिका, उनीहरूका अभिभावक, निर्णायक मण्डल, स्वयंसेवक तथा सहयोगी संस्थाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइन्।

कार्यक्रमभर विभिन्न उमेर समूहका बालबालिकाले प्रस्तुत गरेका सांगीतिक, नृत्यात्मक तथा वक्तृत्वकलासम्बन्धी प्रस्तुतीले दर्शकको मन जितेका थिए। प्रतियोगितामार्फत बालबालिकाले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मात्र नभई सार्वजनिक मञ्चमा आत्मविश्वासपूर्वक प्रस्तुत हुने अनुभवसमेत हासिल गरेका आयोजकले जनाएको छ।

एनएएका अनुसार कार्यक्रमको मुख्य उद्देश्य बालबालिकामा नेतृत्व क्षमता, आत्मविश्वास र सिर्जनशीलताको विकास गर्नुका साथै नेपाली भाषा, कला र संस्कृतिप्रतिको लगाव अभिवृद्धि गर्नु रहेको थियो। विदेशमा हुर्कंदै गरेका नेपाली मूलका बालबालिकालाई आफ्नो सांस्कृतिक जरोसँग जोड्ने प्रयासस्वरूप कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।IMG_5764-1782099441.jpeg

कार्यक्रमको समापनसँगै आयोजकले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सामुदायिक संस्था, प्रायोजक, अभिभावक, स्वयंसेवक तथा सम्पूर्ण सहभागीहरूप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्