नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीमा भीम न्यौपानेको ‘बादलमुनि बाग्लुङ ’ माथि अन्तरक्रिया हुँदै

सिड्नी । नेपाली साहित्यप्रेमीमाझ  नयाँ कृति ‘बादलमुनि बाग्लुङ’ का लेखक भीम न्यौपानेसँग सिड्नीमा विशेष पुस्तक अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। आगामी शनिबार, मे २३ मा रकडेलस्थित इन्द्रेणी भेन्युमा कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ।

नेपाली भाषा, साहित्य तथा संस्कृतिप्रति चासो राख्ने समुदायलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा लेखक न्यौपानेले आफ्नो कृतिको सिर्जना यात्रा, पुस्तकको पृष्‍ठभूमि तथा समकालीन नेपाली समाजसँग यसको सम्बन्धबारे धारणा राख्नेछन्। कार्यक्रममा सहभागी पाठक तथा साहित्यप्रेमीहरूसँग प्रत्यक्ष संवादसमेत गरिने बताइएको छ। कार्यक्रम दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ।

अष्ट्रेलियाको मेलबेर्न निवासी  ब्यवसायी लेखक न्यौपानेको ‘बादलमुनि बाग्लुङ’ लाई जीवनका संघर्ष, सपना, प्रेम, प्रवास र मानवीय संवेदनाका कथाहरूलाई समेटिएको कृतिका रूपमा हेरिएको छ। पुस्तकले नेपाली पाठकमाझ सकारात्मक चर्चा बटुलिरहेको अवस्थामा अष्ट्रेलियामा आयोजना हुन लागेको यो अन्तरक्रियालाई विशेष महत्वका साथ हेरिएको छ। सिड्नीबासी  नेपाली समुदायका  साहित्यप्रेमीहरुलाई उक्त कार्यक्रममा  उपस्थिती जनाइदिनुहुन  लेखक न्यौपानेले  सबैलाई  आग्रह  गरेका छन्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्