नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न   

सिड्नी । अष्ट्रेलियामा रहेका नेपाली अभिभावकहरूको संस्था ‘नेपाली अभिभावक समाज अष्ट्रल ’को आयोजनामा आज  अप्रिल १७ तारिक शुक्रबार   नेपाली नयाँ वर्ष २०८३ तथा माता तिर्थ औँसीको अवसर पारेर विशेष कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा शुभकामना आदान–प्रदानसँगै सांस्कृतिक प्रस्तुति र आपसी आत्मीयता सुदृढ गर्ने गतिविधिहरू आयोजना गरिएका थिए।att.FzugzP5EYnRd7DjG06haECyI6Fwlc7-Uvovm6tUuXo0-1776418110.jpeg

नेपालका विभिन्न जिल्ला र स्थानबाट आफ्ना छोराछोरी भेट्न अष्ट्रेलिया आएका अभिभावकहरूले सन् २०२२ मा स्थापना गरेको यस अष्ट्रल समाजले  नेपाली कला, संस्कृति, परम्परा र धार्मिक रीतिरिवाजलाई प्रवासमा पनि निरन्तरता दिँदै आएको छ। सोही प्रयासको निरन्तरतास्वरूप नयाँ वर्ष र ‘आमाको मुख हेर्ने दिन’को स्मरण गर्दै कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम अष्ट्रल समाजका अध्यक्ष कृष्णबहादुर कर्मचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव शिवप्रसाद शर्माले सञ्चालन गरेका थिए। प्रमुख अतिथिका रूपमा फेन्का न्यु साउथ वेल्सका संयोजक, एनबिडिए अष्ट्रेलियाका अध्यक्ष तथा समाजका सल्लाहकार मुक्तिराम पोखरेल सहभागी भएका थिए।

समाजका सल्लाहकार तथा समाजसेवी शिवप्रसाद घिमिरेले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए। प्रमुख अतिथि पोखरेलले स्थापना भएको छोटो अवधिमै नेतृत्व विकास, सामाजिक परिचालन, संस्कृति संरक्षण, परोपकारी र चेतनामूलक कार्यहरू गर्दै आएको भन्दै संस्थाको प्रशंसा गरे। उनले यस्ता गतिविधिमा सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।att.MI-oPmEauiPKRU13xrlhM2uELp_EbVKY5dgSxNLCz7s-1776418134.jpeg

शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा रामबहादुर खड्का, तुलसी अधिकारी, सल्लाहकार शंकर राजभण्डारी, निवर्तमान अध्यक्ष गणेश पोखरेल, उपाध्यक्ष बद्री फैजू र विष्णुमाया ढकाल, सहसचिव शिवराज वाग्ले, कोषाध्यक्ष वीरेन्द्र बस्नेत, सहकोषाध्यक्ष अम्बरबहादुर कार्की, सदस्यहरू निर्मला पाण्डे ओस्ती, विष्णुकुमारी गुरुङ, प्रद्युम्न सिम्खडा, कान्छीमाया नापित (रेनु), नेपाल चेम्बर अफ कमर्स अष्ट्रेलियाका दूत सन्देशराज भण्डारी तथा तनहुँ आबुखैरेनीका पूर्व गाविस उपाध्यक्ष पुष्पा श्रेष्ठलगायत रहेका थिए।

१५० भन्दा बढी अभिभावक तथा समुदायका अगुवाहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुति समेत प्रस्तुत गरिएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्