नेभिगेशन
न्यू साउथ वेल्स

एनआरएनए वुमेन फोरम एससीसी एनएसडब्ल्यूले सिड्नीमा मनायो अन्तर्राष्ट्रिय महिला दिवस 

सिड्नी ।  अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा एनआरएनए वुमेन फोरम एससीसी एनएसडब्ल्यूको आयोजनामा सिड्नीको अबर्नस्थित ग्रान्ड प्यालेस फङ्सन सेन्टरमा मार्च ८ आइतबार विशेष कार्यक्रम सम्पन्न भएको छ। “Give to Gain” भन्ने नारासहित आयोजित उक्त कार्यक्रम नेपाली समुदायका विभिन्न क्षेत्रका अगुवा व्यक्तित्व, सामाजिक अभियन्ता तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति  रहेको  थियो ।IMG_4550-1773363004.jpeg

नारी निकुञ्ज न्यू साउथ वेल्सकी सह–संयोजक लक्ष्मी भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा न्यू साउथ वेल्स लेजिस्लेटिभ काउन्सिलकी सदस्य ज्याकी मुनरो प्रमुख अतिथि तथा न्यू साउथ वेल्सका वाणिज्यदूत सञ्जीव शर्मा विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

प्रमुख अतिथि  ज्याकी मुनरोले अन्तर्राष्ट्रिय महिला दिवसले महिलाहरूको उपलब्धि र योगदानलाई सम्मान गर्ने अवसर प्रदान गर्ने बताइन्। बहुसांस्कृतिक समाजमा विभिन्न समुदायका महिलाहरूले खेलिरहेको सक्रिय भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपाली समुदायका महिलाहरूको सामाजिक सहभागिताको प्रशंसा गरिन्।IMG_4549-1773363035.jpeg

कार्यक्रमका विशेष अतिथि अष्ट्रेलियाका लागि नेपालका मानार्थ वाणिज्यदूत सञ्जीव शर्माले महिलाहरूको सशक्तिकरण र नेतृत्व विकास समाजको समग्र प्रगतिका लागि महत्वपूर्ण हुने बताए। उनले प्रवासमा रहेका नेपाली महिलाहरूले सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याइरहेको योगदान सराहनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले महिलाहरूलाई थप प्रेरणा र अवसर प्रदान गर्ने बताए।

नारी निकुञ्ज अष्ट्रेलिया एनएसडब्ल्यूकी संयोजक आशा श्रेष्ठले आफ्नो मन्तव्यमा संस्थाले महिला सशक्तिकरण, नेतृत्व विकास तथा समुदायबीच सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी दिइन्। उनले नारी निकुञ्जले नेपालका दुर्गम क्षेत्रहरूमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा नेपालका अपांगता भएका बालबालिकाहरूलाई सहयोग गर्ने कार्यक्रमहरू पनि अघि बढाउने योजना रहेको बताइन्।

कार्यक्रममा एनआरएनए आईसीसी ओसियानिया महिला उप–क्षेत्रीय संयोजक समिता गुरुङले महिलाहरूको नेतृत्व र सहभागिता समाज परिवर्तनको महत्वपूर्ण आधार भएको उल्लेख गरिन्। उनले विश्वभर फैलिएको नेपाली समुदायमा महिलाहरूको सक्रिय भूमिका बढ्दै गएको बताउँदै प्रवासमा रहेका नेपाली महिलाहरूलाई सामाजिक सेवा, नेतृत्व विकास र सामुदायिक एकतामा अझ सशक्त रूपमा अगाडि बढ्न आग्रह गरिन्।IMG_4552-1773363066.jpeg

कार्यक्रममा एनआरएनए अष्ट्रेलिया एससीसी एनएसडब्ल्यू राज्य संयोजक उषा किरण बरिया पोखरेल लगायत नेपाली समुदायका विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा अगुवाहरूको उपस्थिति रहेको थियो। साथै विश्वकै उच्च उचाइमा कुस्ती खेलेकी नेपाली महिला भगवती खड्का ‘युनिका’ सहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरू पनि कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा नेपाली कला र संस्कृतिको झल्को दिने विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। नृत्य तथा सांगीतिक प्रस्तुति अन्तर्गत नृत्यकला केन्द्र तथा स्टुडियो डान्स अष्ट्रेलियाले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने गायिका अविशा ज्ञावली , जेनिशा गौतम, श्रेया ज्ञावली र आकृति घिमिरेले सांगीतिक प्रस्तुति दिएका थिए।IMG_4548-1773363099.jpeg

कार्यक्रमका अवसरमा शिक्षा, सामाजिक सेवा, व्यवसाय, खेलकुद तथा सामुदायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्