नेभिगेशन
न्यू साउथ वेल्स

रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियामा रञ्जिता भण्डारीको नेतृत्व

सिड्नी ।  लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले नयाँ नेतृत्व चयन गरेको छ। सञ्जालको आइतबार सम्पन्न छैटौँ अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि रञ्जिता अधिकारी भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

IMG_4323-1770667432.jpeg
 

अधिवेशनले उपाध्यक्षमा सुचना पाण्डे र प्रदीप पन्थी, महासचिवमा कमल चापागाई, सचिवमा योगेश पराजुली तथा कोषाध्यक्षमा संयोगकुमार गौतमलाई चयन गरेको छ। महिला संयोजकमा गायत्री पौड्याल र आईटी संयोजकमा सरोज पाण्डे चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा पदम अधिकारी, राजु खनाल, बविता ज्ञवाली, यादव गैरे, सविना बश्याल, शंकर शर्मा, आस्मा चापागाई, स्वदेश जयसवाल, नारायण घिमिरे, जि.एस. पाण्डे, सगुन लामिछाने, राजेन्द्र शर्मा भण्डारी, रिता शर्मा अर्याल र अशोक पंगेनी चयन भएका छन्।

अधिवेशनका प्रमुख अतिथि तथा अस्ट्रेलियाका लागि न्यु साउथ वेल्सका अवैतनिक वाणिज्यदूत संजिव शर्माले सञ्जालले च्यारिटी कार्यक्रममार्फत सामाजिक क्षेत्रमा परोपकारी र अनुकरणीय काम गर्दै आएको बताए। उनले यस्ता सामाजिक गतिविधि अन्य संस्थाले पनि अनुकरण गर्नुपर्ने बताए।

कार्यक्रममा निवर्तमान अध्यक्ष दिवाकर काफ्लेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सञ्जालले कोभिड–१९ प्रभावितलाई राहत वितरण, यौन हिंसापीडित बालबालिकालाई सहयोग, क्यान्सरपीडित तथा भूकम्पपीडितलाई सहयोग गरेको बताए। अनाथ आश्रममा रहेका फरक क्षमता भएका तथा सिमान्तकृत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको उनले बताए।

काफ्लेले रक्तदान, स्वास्थ्य सामग्री सहयोग, उत्प्रेरणामूलक अभिमुखीकरण, साहित्यिक–सांस्कृतिक कार्यक्रम तथा हरितालिका तिजमिलन कार्यक्रमसहित विभिन्न सामाजिक गतिविधि सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए। आगामी दिनमा स्वदेश तथा विदेशका सरोकारवालासँग सहकार्य गर्दै सामाजिक कार्यलाई अझ सक्रिय बनाउने लक्ष्य रहेको उनले बताए।

अधिवेशनमा ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशव जोशी, एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, पूर्वअध्यक्ष नन्दु गुरुङ, ग्रेटर सिड्नीका अध्यक्ष विष्णु हमाल, एनआरएन न्यु साउथ वेल्सका सचिव प्रताप पन्थी तथा सञ्जालका संरक्षकहरू राज खनाल, मुक्तिराम पोखरेल र कृष्ण गैरेलगायतले सञ्जालको योगदानबारे धारणा राखेका थिए।

विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावक, सञ्चारकर्मी तथा सञ्जालका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको अधिवेशन संस्थाका अध्यक्ष दिवाकर काफ्ले, महासचिव सुचना पाण्डे र सचिव कमल चापागाईको समन्वयमा सम्पन्न भएको थियो।

रुपन्देही जिल्ला घर भई हाल अध्ययन, पेशा तथा व्यवसायका सिलसिलामा अस्ट्रेलियामा रहेका नेपालीहरूको साझा संस्थाका रूपमा रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलिया सन् २०१५ मा स्थापना भएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्