नेभिगेशन
समाचार

नयाँबानेश्वरमा प्रहरी गोलीबाट घाइते भएका जेनजी प्रदर्शनकारीको मृत्यु

 

काठमाडौं, २३ भदौ ।

जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।

घाइते प्रदर्शनकारीलाई उपचारका लागि नयाँबानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको निधन भएको अस्पतालका निर्देशक मोहन रेग्मीले जानकारी दिए।

IMG_1299-1757319227.jpeg
 

रेग्मीका अनुसार हालसम्म करिब ७०–८० जना घाइते अस्पतालमा उपचाररत छन्। मृतकको परिचय भने अझै सार्वजनिक गरिएको छैन।

 

यस सम्बन्धी थप विवरण सार्वजनिक हुने बाँकी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्