नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीको अष्ट्रेलमा MarkQ Homes को नयाँ Display Home को भव्य उद्घाटन

सिड्नी। गत शनिबार २३ अगस्ट २०२५ का दिन सिड्नीको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने अष्ट्रेल (Austral, NSW) स्थित ४२ Carnamah Road मा MarkQ Homes को नयाँ Display Home को भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दा, व्यवसायी, घर निर्माणमा रुचि राख्ने परिवारहरू तथा विभिन्न समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।IMG_0968-1756376439.jpeg

कार्यक्रममा प्रमुख अतिथि  बाचन शिरोमणी दिन बन्धु पोखरेल तथा लिभरपुल काउन्सिलका मेयर नेड मानुनले सयुक्त रुपमा रिबन काटेर display होमको  उद्घाटन गरे । कार्यक्रममा प्रमुख अतिथि पोखरेलले आफ्नो मन्तव्यमा भने - अष्ट्रेलियामा  नेपाली समाज बढेकोमा खुशी  ब्यक्त गरे ।  
“MarkQ Homes ले प्रस्तुत गरेको यो सुन्दर र आधुनिक घर हाम्रो समुदायका धेरै परिवारहरूको सपना साकार गर्ने अवसर भएको  बताए                       ।  लिभरपुल काउन्सिलका मेयर नेड मानुनले  MarkQ Homes ले समुदायमा ल्याएको यो पहल अत्यन्तै सराहनीय रहेको बताउदै यसले स्थानीय क्षेत्रमा रोजगारी तथा अवसर सिर्जना गर्न मद्दत पुर्‍याउँने बताए   ।

 MarkQ Homes का निर्देशक इरशाद अहमदले समुदायले दिएको निरन्तर समर्थन र विश्वासकै कारण हामी यो स्तरमा आइपुगेको बताउदै आगामी दिनमा अझ बढी नयाँ डिजाइन र गुणस्तरीय आवास ल्याउने  प्रतिबद्धता जनाए ।  

कार्यक्रममा सहभागीहरूले घरको सम्पूर्ण अवलोकन गर्दै आधुनिक डिजाइन, सजावट र सुविधाहरूको प्रत्यक्ष अनुभव लिने अवसर पाए। साथै, सहभागीहरूका लागि स्वादिष्ट खाना–पान, बालबालिकाका लागि खेलकुद तथा मनोरञ्जन गतिविधि, र पारिवारिक रमाइलो कार्यक्रमको व्यवस्था गरिएको थियो।IMG_0970-1756376625.jpeg

MarkQ Homes को यो नयाँ Display Home उद्घाटनलाई स्थानीय बासिन्दा र समुदायले उत्साहपूर्वक स्वागत गरेका छन्। यसले अष्ट्रेलियाको आवास निर्माण क्षेत्रमा थप सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fmarkqhomes%2Fposts%2Fpfbid0jyFUKrJALbpZVGuy1DnxfQLKPJi6HWrn97K2o6stwELM8jvYHPw17QnSDSvmYrbDl&show_text=true&width=500" width="500" height="393" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्