नेभिगेशन
समाचार

सिड्नीमा तीज महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न 

सिड्नी । नेपालीहरूको महान् सांस्कृतिक पर्व हरितालिका तिजको अवसरमा हिन्दु समाज अष्ट्रेलियाले हिजो ( अगस्ट २६ तारिख , मंगलवार )  बरुड पार्कमा तीज महोत्सव सम्पन्न गरेको छ । बिहान १०:०० बजेदेखि साँझ  ८:०० बजेसम्म भएको सो महोत्सवमा सिड्नीमा बसोबास गरेका बिशेषगरि नेपाली महिलाहरुको ठुलो संख्यामा सहभागिता रहेको थियो । 


 विविध धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरुका साथ सम्पन्न  तीज महोत्सवमा नारीहरुले नेपाली (मौलिक /लोक गीत ) तीजका गीतहरु गाएर र नाचेर भरपुर मनोरंजन लिएका थिए । सो अवसरमा कलाग्नि रुद्र पीठ, लड्केश्वर धामका पीठाधीश मुकुन्दा शर्माद्वारा पशुपतिनाथ र गङ्गा श्रृंगार आरती गरिएको थियो । शिब पुजाका लागि  भक्तजनहरुलाई पूजाका थाली र सामग्रीहरु उपलब्ध गराइएको सो महोत्सवको समापनमा आतिसबाजी ( फायारवोर्क्स ) समेत गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि न्यु साउथ वेल्सका मुख्यमन्त्री क्रिस मिन्सले नेपाली समुदायप्रति सम्मान प्रकट गर्दै तीजको शुभकामना दिए । उनले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृतिको योगदानप्रति आभार व्यक्त गर्दै नेपाली समुदायसंगको सहकार्यलाई आगामी दिनहमा पनि निरन्तरता दिने प्रस्ट पारे ।


 सो अवसरमा  सांसद जेसन यात–सेन ली ,इन्स डब्लु का लागि नेपाली वाणिज्यदूत सञ्जीव  शर्मा,एन आर एन ए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल , एनआरएनए ओसियान संयोजक दिनेश पोखरेल,  बरूड काउन्सिलका मेयर जोन फेकर, ,काउन्सिलर सुकृति भट्टलगायतका बक्ताहरुले आ आफ्नो मन्तब्य व्यक्त गर्दै नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको शुभकामना दिए ।

सो अवसरमा नेपाली हिन्दू समाज अष्ट्रेलियाका अध्यक्ष लक्ष्मी बस्ताकोटीले महोत्सवलाई भब्य एबम सभ्य रुपमा सम्पन्न गराउन साथ र सहयोग पुर्याउने सम्पुर्णजनलाई धन्यबाद दिदै नेपाली कला संस्कृति एबम् पर्व र परम्पराको संरक्षण र सम्बर्धन गर्न आफुहरु लागिपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा बरूड एरिया पुलिस कमाण्डर क्रिस्टिन म्याकडोनाल्डले घरेलु हिंसाविरुद्धको नेपाली समुदायको सक्रियताका लागि प्रशंसा गर्दै दुई नेपाली मूलका प्रहरीलाई मञ्चमा गराएकी थिइन् ।


लाइभ संन्ध्या आरती, भजन र दीप प्रज्वलनका लागि बाचन शिरोमणी पण्डित दिनबन्धु पोखरेल ,पण्डित प्रकाश ढोडारीलगायत धर्मगुरुहरुको साथ  रहेको थियो । 
 हिन्दु समाज अष्ट्रेलियाले हरेक वर्ष तीज महोत्सव आयोजना गर्दै आएको छ, जसले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई आफ्नै भेष, भाषा, गीत र संस्कृतिसँग जोड्ने माध्यमको रूपमा काम गरेको छ ।

यसले नयाँ पुस्तालाई नेपाली सांस्कृतिक र धार्मिक सम्पदासँग परिचित गराउने महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सो कार्यक्रम  कार्यक्रम संयोजक उषा बारिया पोखरेलले संचालन गरेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिडनीमा चलचित्र पीआरको चर्चा चुलियो ,  एकै दिन चारवटा रेड कार्पेट प्रिमीयर                  

सिडनीमा चलचित्र पीआरको चर्चा चुलियो ,  एकै दिन चारवटा रेड कार्पेट प्रिमीयर                  

फिल्मका निर्माता रञ्जित शाहले फिल्मले अष्ट्रेलियामा संघर्षरत नेपाली विध्यार्थीहरुको दुख र संघर्षको कथालाई दर्शकहरुलेमन पराएको बताए ।  अस्ट्रेलिया आउन चाहने विद्यार्थीले एकपटक यहाँको यथास्थिति र वास्तविकता बुझ्न भए ...