नेभिगेशन
समाचार

सिड्नीमा "लिपिमाला" एप सार्वजनिक  

सिड्नी । अष्ट्रेलियालाई दुई दशक देखि कर्मथलो बनाउदै आएका सिड्नी निवासी आईटी विज्ञ किरण अधिकारी र उनको टिमले तयार पारेको नेपाली भाषाको "लिपिमाला" एपको आज (अगस्ट ३ तारिख आईतवार) सिड्नीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरियो । प्रवासमा हुर्किंदै गरेका बाबु नानीहरुलाई नेपाली भाषा र संस्कृतिका बारेमा जानकारी गराएर उनीहरुलाई नेपाली भाषा र नेपालसँग नजिक बनाउने उद्देश्यले यो एपको निर्माण गरिएको हो ।

यो एपबाट  हाम्रा बाबु नानीहरुले खेल र एनिमेसन मार्फत् नेपाली भाषा सिक्न सक्नेछन् । यो एप प्रयोगमा आएपछि हाम्रा बाबु नानीहरुलाई नेपाली बर्णमाला ,ब्याञ्जन ,व्याकरण , उच्चारण लगायतका नेपाली भाषाका बिबिध आयामका बारेमा सिकाउन सजिलो हुने अपेक्षा गरिएको छ ।  


"लिपिमाला" एपको सार्वजनिक कार्यक्रममा बोल्दै न्यू साउथ वेल्सका लागि नेपाली वाणिज्यदूत सञ्जीव शर्माले हामी जहाँ जसरि रहे पनि आफ्नो भाषा र संस्कृति बिर्सन नसक्ने बताउदै भाषाले नै हामीलाई बचाईराखेको उल्लेख गरे । उनले  प्रवासमा जन्मे हुर्केका बाबुनानिहरुलाई नेपाली भाषा सिक्न र सिकाउन यो एपले महत्वपूर्ण योगदान पुर्याउने बिस्वास समेत व्यक्त गरे ।

 एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले "लिपिमाला" एपको प्रयोगबाट प्रवासमा जन्मे हुर्केका बाबुनानीले सहज र सरल रुपमा नेपाली भाषा सिक्न सक्ने बताए । उनले यसलाई जति सक्दो छिटो बाबुनानिहरुको पहुचमा पुर्याउनु पर्ने र त्यसको लागि एनआरएनए लगायत समुदायका सबै तह र वर्गबाट सकारात्मक सहयोग हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा बोल्दै डिल्ली ढकालले यो एप प्रवासमा रहेका नेपालीहरू, विशेषतः नयाँ पुस्तालाई नेपाली भाषा सिक्न, बुझ्न र अभ्यास गर्न अत्यन्त उपयोगी माध्यम बन्ने बिस्वास ब्यक्त गर्दै नेपाली भाषालाई डिजिटल युगको यात्रा प्रारम्भ गराउने "लिपिमाला" एपसंग नेपाली भाषासँग गहिरो माया राख्ने सबैको सपना जोडिएको उल्लेख गरे ।

कार्यक्रमा किरण अधिकारिले एपको बिबिध पक्षका बारेमा जानकारी दिदै यो एपलाई एप्पल तथा एन्ड्रोइड दुबैमा डाउनलोड गर्न सकिने र निश्चित शुल्क तिरेपछि उमेरअनुसार सामग्री प्राप्त हुने यो एप विदेशमा रहेका नेपाली परिवारका बालबालिकाका लागि उपयोगी हुने बताए । "लिपिमाला" एपको प्रयोगबाट हजुरबा र नाती पुस्ता बिचको भाषागत दुरीलाई कम गर्ने बिस्वास लिएका अधिकारिले लिपीमाला लाई समयानुकुल परिमार्जन र सुधार गर्दै लगिने जानकारी दिए । 
सो अवसरमा नेपाली समुदायकी ईन्द्रा बन , देब गुरुङ ,हेमन्त काफ्ले ,निस्प्रव सजी लगायतका बक्ताहरुले "लिपिमाला" एपको बारेमा आ आफ्नो धारणा राखेका थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साउन १५: खीर खाएर मनाइँदै

साउन १५: खीर खाएर मनाइँदै

साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन्।