सिड्नी । अन्तराष्ट्रिय एभरेष्ट डेका अवसरमा फेडेरेशन अफ नेप्लीज कम्यूनिटी एसोसयिसन अफ अष्ट्रेलिया (फेन्का) तथा गोरखा समाज अष्ट्रेलयिाको सहकार्यमा मे ३१ तारिखमा अन्तराष्ट्रिय एभरेष्ट डेका अवसरमा सिड्नीमा एक कार्यक्रम गरियो ।
कार्यक्रममा बोल्दै न्यू साउथ वेल्सका लागि नेपाली वाणिज्यदूत संजीव शर्माले अष्ट्रेलियाको नेपाली समुदायलाई एकीकृत बनाउदै नेपाली सांस्कृतिक पहिचानको संरक्षण गर्न यस्ता कार्यक्रमहरुले बिशेस महत्व राख्ने बताए ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समुदायका आवश्यकता र हितका लागि निरन्तर क्रियाशील रहँदै आएको बताउदै भविष्यमा अझ प्रभावकारी कार्यक्रम तथा सहकार्यका माध्यमबाट नेपाल र अष्ट्रेलियास्थित नेपालीहरूको सम्बन्ध सुदृढ हुने बिस्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै अष्ट्रेलिया संघीय संसदका सांसद झी सून (Mr Zhi Soon MP Federal Member for Banks) ले नेपाली समुदायको सांस्कृतिक विविधता, परिश्रम र सामाजिक योगदानको प्रशंसा गर्दै समुदायले अष्ट्रेलियाको बहुसांस्कृतिक पहिचानमा ठुलो योगदान पुर्याउदै आएको बताईन ।
कार्यक्रममा न्यू साउथ वेल्स राज्यका सांसद माननीय मार्क बुट्टिजीगले बहुसांस्कृतिक समाजमा नेपाली समुदायको सक्रियता उल्लेखनीय रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै गेर्खा समाजका अध्यक्ष योगेन्द्र जोशीले नेपालको गौरवमय दिन अन्तराष्ट्रिय सगरमाथा दिवस मनाउन सहयोग गर्ने सम्पूर्णलाई नेपाल चिनाउने अभियानमा निरन्तर लाग्न अनुरोध गर्दै गरे ।

कार्यक्रमको महत्व र उद्धेश्यका बारेमा बोल्दै विष्णु हमालले विश्वमा नेपाल चिनाउने र नेपाली नयाँ पुस्तामा नेपालप्रतिको माया बढाउने कार्यमा निरन्तर कार्य गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा संरक्षक डा. नारायण प्रधान, उमेश पन्त, इन्दिरा वन लगायत विभिन्न ३८ वटा संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरु को सहभागिता रहेको थियो । नेपाली अभिभावक समाज, अष्ट्रेलियाले सगरमाथा सम्वन्धि नृत्य प्रस्तुत गरेको थियो । मेलवर्न, एडिलेट र क्यानवारा लगायतका सहरहरुमा सोही दिन भएको कार्यक्रममा नेपाली समुदायहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

यसैगरी फेन्काका अध्यक्ष बोम योञ्जनले मेलवर्नको कार्यक्रमको नेतृत्वगरेका थिए भने क्यानवारामा पूर्व अध्यक्ष डा.कृष्ण हमाल, एडिलेटमा फेन्काका महासविच कपिल पाण्डे लगायतले नेतृत्व गरेको सो सस्थाले जनाएको छ । सो अवसरमा गोरखा समाजको तर्फबाट विशेष लाखे नाच प्रस्तुत गरिएको थियो ।
रुपन्देहि सामाजिक संञ्जालका संरक्षक तथा न्यू साउथ वेल्सका स्टेट डेपुटि कोडिनेटर मुक्तिराम पोखरेलले कार्यक्रम सम्पन्न गर्न सबै संघसंस्थाहरुसंग समन्वयर आवश्यक सहजिकरण गरेका थिए ।
सगरमाथा डे कार्यक्रमका संयोजक डा.मधु पुडासैनीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन फेन्का (FeNCAA) का सचिव डा. प्रकाश पौडेलले गरेका थिए ।