नेभिगेशन
समाचार

एनआरएनएको एकता महाधिवेशनबाट महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन   


काठमाण्डौ । गैर आवासीय नेपाली संघको यहि मे ४ तारिख काठमाण्डौमा सम्पन्न एकता महाधिवेशनले जापानका महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। काठमाण्डौस्थित हायात होटलमा मे ३ र ४ मा सम्पन्न सो महाधिवेशनले सबै पदहरुमा सर्वसम्मत रूपमा पदाधिकारीहरूको चयन हो ।

महाधिवेशनले चयन गरेको छ जना उपाध्यक्षहरुमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोज कुमार श्रेष्ठ, विश्वास दीप लिम्बु र बुद्धिसागर सुवेदी रहेका  छन् । त्यसैगरी कोषाध्यक्षमा ठाकुर ढुंगाना, प्रवक्तामा गङ्गाधर गौतम, युरोप संयोजकमा प्रेम गुरुङ, महिला उपाध्यक्षमा जुनु गुरुङ, महासचिवमा बाबुराम लामा चयन भएका छन् भने  सचिव पदमा टंकप्रसाद गैरे, चिन्तामणि सापकोटा, तिलकप्रसाद गैरे र महिला सचिवमा देवकी खत्रीलाई चयन गरेको सो सस्थाले जनाएको छ । सह कोषाध्यक्ष कृष्णप्रसाद पोखरेल,महिला संयोजकमा रश्मि थापा र युवा संयोजकमा भीमसेन थापालाई चयन गरिएको छ ।

महाधिवेशनले हरेक क्षेत्रबाट एकएक जना क्षेत्रीय संयोजकहरुको समेत चयन गरेको छ।  जसअनुसार ओसेनियामा ईर्साद अहमद, एसिया प्रशान्तमा डा. बलराम श्रेष्ठ ,युरोपमा  प्रेमबहादुर गुरुङ,मध्यपूर्वमा रमेश श्रेष्ठ ,उत्तर दक्षिण अमेरिकामा डिलुराम पराजुली, रहेका छन् । महाधिवेशनले हरेक क्षेत्रबाट दुई /दुई जना   क्षेत्रीय उप संयोजकहरूको चयन गरेको छ जसमा ओसियानाबाट  प्रताप राना र रामप्रसाद कँडेल ,एसिया प्रशान्त क्षेत्रबाट माधव पोखरेल र मीमबहादुर पुर्जा ,मध्यपूर्व क्षेत्रबाट सुनिल कुमार घिमिरे र श्रीकृष्ण भट्टराई,उत्तर दक्षिण अमेरिका क्षेत्रबाट ,विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री रहेका छन् । 


गैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्मा देखिएको समस्याको अन्त्य गर्न तथा विश्वभर रहेका गैर-आवासीय नेपालीबीच एकताको सन्देश फैलाउन, सर्वोच्च अदालतको निर्देशनअनुसार गठित उच्चस्तरीय समितिद्वारा यही मे ३ र ४ गते  काठमाडौँमा एकता महाधिवेशन सम्पन्न गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीडनीमा नेपाली स्वाद अर्थात फ्लेभर्स अफ नेपाल

सीडनीमा नेपाली स्वाद अर्थात फ्लेभर्स अफ नेपाल

कुनै पनि देशको साहित्य, संगीत र कलाले सो देशको सांस्कृतिक समृद्धि झल्काउँछ भने कुनै पनि देशमा खाइने परिकारको विविधताले जीवनस्तरको समृृद्धि केलाउँछ । संसारभर प्राकृतिक सुन्दता, जातीय विविधता...