नेभिगेशन
समाचार

रुपन्देही सामाजिक सञ्जालले बार्बिक्यु कार्यक्रम गर्ने 


सिड्नी । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा रुपन्देही सामाजिक सञ्जाल मे ३ तारिख शनिवार शुभकामना आदानप्रदानको साथसाथै बार्बिक्यु कार्यक्रम गर्ने भएको छ । सिड्नीको टेम्पे रिक्रेसनल रिजर्व पार्कमा अपरान्ह १२ बजेदेखि हुने सो कार्यक्रममा बार्बिक्युको अलवा गित संगीत,फेस पेन्टिङ अनि मौलिक नेपाली खानाका परिकारको स्वाद लिन सकिने आयोजक सस्थाले जनाएको छ । 


नेपाल न्युज अष्ट्रेलियासंग कुरागर्दै रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष दिवाकर काफ्लेले सस्थाको नियमित बार्षिक कार्यक्रम अन्तर्गत कार्यक्रम गर्न लागिएको हो । उनले भने - सस्थाले आफ्नो स्थापनाकाल देखि गर्दै आएको सामाजिक एबम् कल्याणकारी कार्यलाई अझ प्रभावकारी र बिस्तार गर्न सरोकारवालाहरुसंगको साथ र सहकार्यलाई अगाडी बढाईने छ । 
सस्थाले कार्यक्रममा सक्रिय सहभागिताका लागि सबैसंग अनुरोध गरेको छ । कार्यक्रमको बारेमा थप जानकारी चाहिएमा दिवाकर काफ्ले ०४०१ २०७ ०१६,सुचना पाण्डे ०४२१ ३५३ ८५९ र राजु खनाललाई ०४३३ ९६८ ९६० मा सम्पर्क गर्न सकिनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल न्युज अष्ट्रेलिया १३ औं वर्षमा 

नेपाल न्युज अष्ट्रेलिया १३ औं वर्षमा 

सामाजिक सञ्जालको बिकास अनि विस्तारले छापा पत्रकारिता मात्रै होइन समग्र पत्रकारिता नै ओझेलमा पर्न गएको यथार्थ पृष्ठभूमिमा उभिएर सच्चा संचारकर्मीको धर्म निर्वाह गर्न कम्ति कठिन छैन ।