नेभिगेशन
समाचार

रुपन्देही सामाजिक सञ्जालले बार्बिक्यु कार्यक्रम गर्ने 


सिड्नी । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा रुपन्देही सामाजिक सञ्जाल मे ३ तारिख शनिवार शुभकामना आदानप्रदानको साथसाथै बार्बिक्यु कार्यक्रम गर्ने भएको छ । सिड्नीको टेम्पे रिक्रेसनल रिजर्व पार्कमा अपरान्ह १२ बजेदेखि हुने सो कार्यक्रममा बार्बिक्युको अलवा गित संगीत,फेस पेन्टिङ अनि मौलिक नेपाली खानाका परिकारको स्वाद लिन सकिने आयोजक सस्थाले जनाएको छ । 


नेपाल न्युज अष्ट्रेलियासंग कुरागर्दै रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष दिवाकर काफ्लेले सस्थाको नियमित बार्षिक कार्यक्रम अन्तर्गत कार्यक्रम गर्न लागिएको हो । उनले भने - सस्थाले आफ्नो स्थापनाकाल देखि गर्दै आएको सामाजिक एबम् कल्याणकारी कार्यलाई अझ प्रभावकारी र बिस्तार गर्न सरोकारवालाहरुसंगको साथ र सहकार्यलाई अगाडी बढाईने छ । 
सस्थाले कार्यक्रममा सक्रिय सहभागिताका लागि सबैसंग अनुरोध गरेको छ । कार्यक्रमको बारेमा थप जानकारी चाहिएमा दिवाकर काफ्ले ०४०१ २०७ ०१६,सुचना पाण्डे ०४२१ ३५३ ८५९ र राजु खनाललाई ०४३३ ९६८ ९६० मा सम्पर्क गर्न सकिनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिडनीमा चलचित्र पीआरको चर्चा चुलियो ,  एकै दिन चारवटा रेड कार्पेट प्रिमीयर                  

सिडनीमा चलचित्र पीआरको चर्चा चुलियो ,  एकै दिन चारवटा रेड कार्पेट प्रिमीयर                  

फिल्मका निर्माता रञ्जित शाहले फिल्मले अष्ट्रेलियामा संघर्षरत नेपाली विध्यार्थीहरुको दुख र संघर्षको कथालाई दर्शकहरुलेमन पराएको बताए ।  अस्ट्रेलिया आउन चाहने विद्यार्थीले एकपटक यहाँको यथास्थिति र वास्तविकता बुझ्न भए ...