नेभिगेशन
समाचार

फेवा फुटलब क्लबले जित्यो एनआरएन कप फुटबलको उपाधि 


सिड्नी । एनआरएनए युथ फोरमको आयोजनामा  एन्फा अष्ट्रेलिया र गोर्खा नेप्लीज कम्युनिटीको सहकार्यमा हालै सिड्नीमा सम्पन्न एनआरएन कप फुटबलको उपाधि फेवा फुटलब क्लबले जितेको छ ।  प्रतिस्पर्धात्मक फाईनल खेलमा सेन्टजर्ज नेप्लीज फुटबल क्लबलाई टाईब्रेकरमा पाँचका विरुद्ध ६ गोलले फेवाले सो उपाधि जितेको हो ।

 उपाधिसँगै फेवा फुटबल क्लबले ४ हजार डलर सहित ट्रफी प्राप्त गरेको छ । त्यसैगरी उपविजेता सेन्टजर्ज नेप्लीज फुटबल क्लबले २ हजार डलर र ट्रफी हात पार्यो । १ सय ४४ खेलाडी सम्मिलित २४ टिमको सहभागिता रहेको सो प्रतियोगिताका विजयी टिम र उत्कृस्ट खेलाडीहरुलाई एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । 


कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले समुदायमा आपसी भाइचारा ,सद्भाव र आत्मियताको बिकास गर्न खेलकुदका गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने बताउदै नेपाली समुदायमा यस्ता प्रतियोगिताहरुलाई एनआरएनए अष्ट्रेलियाले आगामी दिनमा पनि निरन्तरता दिने उल्लेख गरे ।

कार्यक्रममा प्रतियोगिताका मुख्य प्रायोजक फोर नेशन्स ईन्टरनेशनलका निर्देशक तथा एक्काका  अध्यक्ष कोमलराज  पाठक , युथ फोरमका संयोजक सुमन बोहरा, गोर्खा नेप्लीज कम्युनिटीका अध्यक्ष राजीव प्रधान, सिड्नीमा रहेका खेलाकुदप्रेमीहरु एबं विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डब्बोमा धार्मिक यात्रा गरिने 

डब्बोमा धार्मिक यात्रा गरिने 

यम बराल सीडनीमा घन्कदै 

यम बराल सीडनीमा घन्कदै 

अतिथी सत्कारमा रमाएका रमेश

अतिथी सत्कारमा रमाएका रमेश

जे जसो भएपनि रमेश अतिथि सत्कार व्यबशायमा रमेका छन अनि जमेका पनि छन । उनि भन्छन, मिहिनेत र परिश्रम गर्नेका लागि उन्नतीको वाटो खुला छ ।