नेभिगेशन
समाचार

क्यानबेरामा हुने नेपाल महोत्सवको तयारी पुरा 


सिड्नी । एनआरएनए एसिटिको आयोजनामा यहि मार्च २२ तारिख शनिवार  क्यानबेरामा हुने नेपाल महोत्सवको तयारी पुरा भएको छ । एनआरएनए एसिटिका संयोजक बिक्रम सुबेदीका अनुसार क्यानबेरामा रहेका नेपालीहरुले नेपाली मौलिक पोशाकमा सजिएर परेडमा सहभागिता जनाउने छन् त्यसका साथै  झांकि, कुमारी रथ यात्रा र नेपाली पन्चेबाजाको धुनले कार्यक्रमलाई थप रौनकता दिने छ ।  सुबेदीका अनुसार  नेपाल हाउस नै यस पटकको महोत्सवको बिशेष आकर्षण रहने छ  ।

महोत्सवमा सहभागिताको लागि प्रमुख, बिशिष्ट तथा सामाजिक संघ सॅंस्थाहरुलाई निमन्त्रणा पठाईसकिएको आयोजक सस्थाले जनाएको छ । नेपाल राजदुताबाससॅंग सहकार्य गरि नेपाल हाउस बनाउने र नेपाललाई पर्यटनस्थलको रुपमा चिनाउन बिभिन्न प्रदर्शनी हुने र परेड तथा झांकी, सॅास्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको  बताइएको छ । कार्यक्रमका चुनौतिहरुले अझै कार्यक्रम भनेजस्तो बनाउन नसकिएको भन्दै स्थानिय सरकारबाट ग्रान्ट तथा फाईनान्सिल सहयोग नहुंदा कार्यक्रम गर्न गार्हो रहेको र नेपाली समाजका व्याबसायीहरुको प्रायोजन र सहयोगमा सम्पूर्ण कार्यक्रमको बजेट तयार गर्नु परेको संयोजक बिक्रम सुबेदी बताउछन् । 

क्यानबेरा क्षेत्र वरिपरि रहेका सबै नेपालीलाई नेपाली कला सॅंस्कृतीको नेपाली खाना र परिकारहरुको स्वाद लिन र नेपाल भेट्न निम्तोका साथै बहुसांस्कृतिक समुदायलई पनि नेपाल र नेपालीपन झल्कने कार्यक्रममा खुल्ला निम्तो र सहभागी हुन र गराउन आब्हान् गरिएको  छ । 

परेड ब्यबस्थापन उप समितिका संयोजक कृष्ण सुबेदीका अनुसार  बिहान १०:०० बजेबाट परेड सुरु  हुनेछ भने परेडमा एकहजार भन्दा धेरै नेपालीहरुको सहभागिताले  परेडको रौनकता बढाउने र परेड मार्फत् सबै संघ संस्था सहित जात जातीका भेषभुषा र बिभिन्न झॉंकिहरुले नेपाल चिनाउन मद्धत पुग्ने छ ।उनका अनुसार परेड  गरिमा प्लेसबाट क्यासिनोको छेउ हुदै पार्क वेको ओभरहेड पुल हुदै कमनवेल्थ पार्कमा आएर टुंगिने छ । 

फेष्टिवलमा बालबालिकाहरुका लागी बिशेष खेल्ने स्थान हुने छ भने नृत्य, गीत संगीत र साहित्यको बेजोड संयोजन हुनेछ । कार्यक्रममा नेपालका चर्चित गायक शिव परियार, गायिका समिक्षा अधिकारी र कन्दरा ब्याण्डले आ आफना साँगेतिक प्रस्तुति दिनेछन् । क्यानबेराकै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति पनि थप आकर्षण हुनेछ । जे होस क्यानबेरामा हुन लागेको नेपाल फेष्टिवल हामी सबै मिलेर भब्य र सभ्य बनॉंउ । जसले गर्दा हामी  नेपाली र नेपाल चिनाउने अवसरबाट बन्चित हुन नपरोस । हामीले बिदेशिहरुलाइ हाम्रो संस्कृति, संस्कार, रहनसहन र शालीनता देखाउने बेला यहि हो आउनुहोस हामी सबै मिलेर नेपाल फेष्टिवल सफल बनाऔं । कार्यक्रम सहज बनाउनका लागी विभिन्न  उप समितिहरु गठन भएका छन् - जस अनुसार नेपाल हाउस - राम आचार्य/किशोर भण्डारी,परेड - कृष्ण सुबेदी र प्रल्हाद अर्याल,कला संस्कृति उपसमितिमा यज्ञ अधिकारी र अशोक बस्नेत,अतिथि ब्यवस्थापन उपसमितिमा  खुश्वु नेउपाने र जुलिया पिया श्रेष्ठ,स्वागत गेट ब्यवस्थापन उपसमितिमा   किरण गौतम र दिक्षान्त ढुंगेल,पाहुना ब्यवस्थापन उपसमितिमा ललित मल्ल र अभिषेक उप्रेती,स्वयंसेवक ब्यवस्थापन उपसमितिमा सत्य गुरुगं र  समिर आचार्य,स्टल बवस्थापन उपसमितिमा  प्रेम रायमाझी ,मिडिया मार्केटिंग उपसमितिमा कामना सिंग्देल र मोनालिशा धिमाल,मेडिकल उपसमितिमा सिता पौडेल र रसद  ब्यबस्थापन उपसमितिमा  बसन्त भट्ट र अभिषेक अधिकारी रहेको एनआरएनए एसिटिले जनाएको छ । 
त्यसैगरी नेपाल फोष्टिवल व्यवस्थापन समूहमा राजु अधिकारी,चुडामणी सापकोटा,अशोक बस्नेत,आशिष सापकोटा,निरज गौली र बिशाल कंडेल रहेका छन् । यसपटक नेपाल महोत्सव क्यानबेराको प्रायोजन अजी फाइनान्स एण्ड होम लोनले गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालेन्द्र र रबिबिच सहमति 

बालेन्द्र र रबिबिच सहमति 

डब्बोमा धार्मिक यात्रा गरिने 

डब्बोमा धार्मिक यात्रा गरिने 

यम बराल सीडनीमा घन्कदै 

यम बराल सीडनीमा घन्कदै 

अतिथी सत्कारमा रमाएका रमेश

अतिथी सत्कारमा रमाएका रमेश

जे जसो भएपनि रमेश अतिथि सत्कार व्यबशायमा रमेका छन अनि जमेका पनि छन । उनि भन्छन, मिहिनेत र परिश्रम गर्नेका लागि उन्नतीको वाटो खुला छ ।