नेभिगेशन
समाचार

एडिलेडमा नेपाल महोत्सव २०२५ भब्य रुपमा सम्पन्न 


सिड्नी । एनआरएनए साउथ अष्ट्रेलियाको आयोजनामा यहि मार्च ९ तारिख आईतवार एडिलेडमा नेपाल महोत्सव २०२५ भब्य रुपमा सम्पन्न भएको छ । एनआरएनए अष्ट्रेलियाको सिग्नेचर कार्यक्रमको रुपमा रहेको र हरेक दुईदुई बर्षमा गरिदै आएको नेपाल महोत्सव अष्ट्रेलियाको एनएसडब्लु (सिड्नी ),र वेस्टर्न अष्ट्रेलिया (पर्थ )मा यसअघि सम्पन्न भैसकेको छ । बाकि राज्यहरुमा गरिने नेपाल महोत्सवको तयारीमा समन्धित राज्य समिति जुटिसकेको छ । 


एडिलेडको एल्डर पार्कमा आईतवार सम्पन्न महोत्सवलाई सम्बोधन गर्दै अष्ट्रेलियाका लागि नेपालका राजदुत चित्रलेखा यादवले अष्ट्रेलियामा नेपाली समुदायको वृद्धिसंगै नेपाली कला ,संस्कृती, भाषा ,भेषभुषा, रिति रिवाजको जगेर्ना र प्रबर्धन गर्न यस्ता महोत्सवले बिशेस योगदान पुर्याउने बताईन । 


साउथ अष्ट्रेलियाकी बहुसांस्कृति र पर्यटनमन्त्री जोय बेटिसनले नेपालीको यस्ता कार्यक्रमले अष्ट्रेलियामा नेपालीको उपस्थितिलाई अझ बलियो बनाएको बताउदै यस्ता सामुदायिक कार्यक्रमलाई आगामी दिनमा पनि राज्यले सक्दो साथ र सहयोग पुर्याउने प्रतिबद्दता व्यक्त गरिन ।  


कार्यक्रममा साउथ अष्ट्रेलियाको विपक्षी लिवरल पार्टीका नेता भिन्सेन्ट टार्जिया, एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल, मुख्य प्रायोजक बुमर्याङ इन्टरनेशनलका निर्देशक आशिष वाग्ले लगायतका बक्ताहरुले आ आफ्नो मन्तब्य राखेका थिए । 


कार्यक्रममा एनआरएनए उपाध्यक्ष तथा साउथ अष्ट्रेलियाका संयोजक संजय पुरीले महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न साथ र सहयोग पुर्याउने सबै प्रति धन्यबाद दिए ।  उनले यहाँको नेपाली समुदाय र साउथ अष्ट्रेलिया राज्य सरकारको साथ अनि सहयोगबाट नै कार्यक्रम सम्पन्न गर्न सकिएको उल्लेख गरे । उनले भने नेपाल र नेपालीको पहिचानलाई बिदेशी भूमिमा स्थापित गराउन यस्ता कार्यक्रमलाई अझ ब्यापक र प्रभावकारी बनाउदै जानुपर्छ । 
एडिलेडको एल्डर पार्कमा आईतवार दिनभर भएको महोत्सवमा करिव १५ हजार जनाले सहभागिता जनाएको अनुमान गरिएको छ । ३६ डिग्री तापक्रमको प्रचण्ड गर्मीको बाबजुद पनि त्यतिको संख्यामा मानिसहरुको सहभागिता हुनु नेपाली समुदायको लागि खुशीको बिषय हो ।


  महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न  एनआरएनए साउथ अष्ट्रेलियाको टिम बिगत ३ महिनादेखि दिन रात नभनी सक्रिय रुपमा लागेको थियो । समाजका कुनै पनि क्षेत्र र वर्ग नछुटोस भनेर १२ ओटा सब कमिटि गठनदेखी स्वयं सेवकहरुले पुर्याएको सहयोग अतुलनिय रहेको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा नेपाल हाउस रहेको थियो । करिव  १० हजार स्क्वायर मिटरमा फैलिएको ईभेण्ट स्पटमा नेपालको चर्चित साँगेतिक ब्याण्ड कन्दरा ब्याण्डले आफ्नो बिशेस साँगेतिक कोशेली प्रस्तुत गरेको थियो ।  

त्यसैगरी कलाकारहरु शिब परियार र समिक्षा अधिकारीले पनि कार्यक्रममा आ आफ्नो गीत संगीत प्रस्तुत गरेर सहभागीहरुलाई भरपुर मनोरंजन दिलाएका थिए । महोत्सवमा सहभागीहरुले नेपाली मौलिक खानाका परिकारको स्वाद लिदै नेपाली गित संगीतमा रमाएका थिए । 


प्रमुख अतिथि राजदुत यादव र विशेष अतिथि मन्त्री वेटिसनले पानसमा बत्ती बालेर संयुक्त रुपमा फेस्टिवलको उद्घाटन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डब्बोमा धार्मिक यात्रा गरिने 

डब्बोमा धार्मिक यात्रा गरिने 

यम बराल सीडनीमा घन्कदै 

यम बराल सीडनीमा घन्कदै 

अतिथी सत्कारमा रमाएका रमेश

अतिथी सत्कारमा रमाएका रमेश

जे जसो भएपनि रमेश अतिथि सत्कार व्यबशायमा रमेका छन अनि जमेका पनि छन । उनि भन्छन, मिहिनेत र परिश्रम गर्नेका लागि उन्नतीको वाटो खुला छ ।