नेभिगेशन
समाचार

हेल्प नेपाल नेटवर्कको अन्तर्राष्ट्रिय अध्यक्षमा डिला खरेल सर्वसम्मत चयन

 

काठमाडौं ।  

संसारभर रहेका नेपालीहरुको परोपकारी संस्था ‘हेल्प नेपाल नेटवर्क’को अन्तर्राष्ट्रिय अध्यक्षमा डिला खरेल सर्वसम्मत चयन भएका  छन ।  
काठमाडौंमा यहि  शनिवार डिसेम्बर २८ तरिकका दिन सम्पन्न वार्षिक साधारणसभाले खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।IMG_5621-1735518902.jpeg

अष्ट्रेलियालाई कर्मथलो बनाएर काम गर्दै आएका खरेलले 
एनआरएनएलगायतका संघसंस्थामा लामोसमय काम गरेको अनुभव गरेर अनुभव  बटुलीसकेका छन ।  खरेलको  स्थायी घर भने चितवन  हो ।  
२५ वर्ष अघि स्थापना भएको संस्थाको हाल ३० देशमा शाखा रहेको छ । हेल्प नेपाल नेटवर्कको संस्थापक अध्यक्षमा रवीन्द्र मिश्र हुंन्  ।  सोही अवसरमा नेटवर्कका ग्लोबल अध्यक्ष खरेलले प्रवासमा बसेर पनि नेपालमा रचनात्मक सेवा गर्न सकिन्छ भन्ने उदाहरण हेल्प नेपाल नेटवर्कले प्रस्तुत गरेको बताउदै परोपकारी अभियानमा जोडिन सबैलाई अपिल पनि गरे।  साथै  सस्थाले परोपकारी संस्था, हेल्प नेपाल नेटवर्कको २५औँ वार्षिकोत्सव (रजत महोत्सव) तथा ग्लोबल मिटको अवसरमा  परोपकारिताका क्षेत्रमा समर्पित व्यक्ति तथा संस्थालाई अभिनन्दन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेत्र शल्यचिकित्सक डा. सन्दुक रुइतले वरिष्ठ हृदयरोग विशेषज्ञ तथा बाल मुटु अस्पतालको निर्माण अभियानमा समर्पित डा. भगवान कोइरालालाई अभिनन्दन गरे ।  
त्यस्तै डा. रुईतले ‘मानव सेवा आश्रम’ हेटौंडाका समाजसेवीहरू रामजी अधिकारी तथा सुशीला (रुपा) केसी र अटिजम भएका बालबालिकाको सेवामा समर्पित ‘विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एसएसडीआरसी)’की संस्थापक तथा समाजसेवी सविता उप्रेतीलाई अभिनन्दन गरे।
उक्त अवसरमा हेल्प नेपालले समाजसेवी विर्खबहादुर रोकाया, कर्णबहादुर बुढा, डा. अरुणा उप्रेती, भरत कोइराला, सूर्यनारायण यादव, किरण भण्डारी, नन्दकृष्ण जोशी र देवेन्द्र बस्नेतलाई कदर पत्र प्रदान गर्‍यो।

सोही अवसरमा नेटवर्कले अक्षय कोष स्थापना गर्न नगद राशी सहयोग गर्ने सिद्धार्थ राणा, डा. रुद्र पाण्डे, डा. उपेन्द्र महतो, जीवा लामिछाने, महन्त श्रेष्ठ, एलिशन, स्व. मनोज बस्नेत, भण्डारी ब्रदर्श, डा स्वर्णिम वाग्ले, सारिका मिश्र, रवीन्द्र मिश्र, अनिल थापा, डा. सुन्दरमणि दीक्षित, चन्द्र योञ्जन, वीरेन्द्रबहादुर बस्न्यात, स्व. पूर्णमानसिंह बस्नेत, सुविन बराल, श्रद्धा टन्डन, बद्रीप्रसाद पाण्डे, डा. प्रणव ज्ञवाली, शम्भु दहाल, शिव सैँजु, रोशन सापकोटा, चिरञ्जीवी ढकाल, उद्धव भट्टराई लगायतका व्यक्तित्वहरूलाई सम्मानित गर्‍यो।
कार्यक्रममा डा. सन्दुक रुइतले हेल्प नेपाल नेटवर्कले गरेको कामको प्रशंसा गर्दै संस्थाले डायस्पोरालाई फूलको माला झैँ बनाएर राखेकोमा खुसी व्यक्त गरे।
नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतले २५ वर्षसम्म साथीहरूबाट मिलेको सहयोग र सद्भावको चर्चा गर्दै आगामी दिनमा पनि त्यही गतिमा काम गर्दै जाने प्रतिबद्धता जनाए।

कार्यक्रममा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपालीहरूले देश बनाउने संकल्प गरे देश अवश्य बन्ने धारणा राखे। संस्थाका सल्लाहकार पूर्वमन्त्री शंकरप्रसाद कोइरालाले हेल्प नेपालसँग जोडिने विश्वभरिका नेपालीप्रति आभार व्यक्त गरेका थिए ।  


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डब्बोमा धार्मिक यात्रा गरिने 

डब्बोमा धार्मिक यात्रा गरिने 

यम बराल सीडनीमा घन्कदै 

यम बराल सीडनीमा घन्कदै 

अतिथी सत्कारमा रमाएका रमेश

अतिथी सत्कारमा रमाएका रमेश

जे जसो भएपनि रमेश अतिथि सत्कार व्यबशायमा रमेका छन अनि जमेका पनि छन । उनि भन्छन, मिहिनेत र परिश्रम गर्नेका लागि उन्नतीको वाटो खुला छ ।