नेभिगेशन
समाचार

जनसम्पर्क समितिद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 


सिड्नी । नेपालीहरुको महान पर्व "वडा दशै, तिहार, म्ह पुजा, नेपाल सम्वत् र छठ पर्वको अवसरमा नेपाली काँग्रेसको सुभेच्छुक सँस्था नेपाली जनसम्पर्क समिती न्यु साउथ वेल्स र  भिक्टोरिया राज्य समितीद्वारा सिड्नी र मेलबर्नमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली जनसम्पर्क समिती न्यु साउथ वेल्स राज्य समितिले यहि अक्टोबर १९ तारिख शनिवार रक्डेल स्थित रक्डेल पार्कमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा न्यु साउथ वेल्स राज्यका लागि नेपाली बाणिज्यदुत सन्जिव शर्मालाई सम्मान गरियो ।


 सो शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बाणिज्यदुत शर्माले बहु संस्कृतिक मुलुक अष्ट्रेलियामा नेपाली संस्कृती परम्परा र मौलिक चाड पर्वलाई जिवन्त बनाउन यस्ता किसिमका भेटघाट र कार्यक्रमहरुले महत्वपुर्ण योगदान पुर्याउने बताए ।

जनसम्पर्क समिती न्यु साउथ वेल्स राज्य समितिका संयोजक सितल गिरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेसका नेता नबराज गुरुङ ,पत्रकार एबम् नेपाली कांग्रेस प्रचार विभागका सदस्य गंगाधर पराजुली ,जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्व अध्यक्ष कृष्ण गिरी,जनसम्पर्क समितिका राजेश केसी ,रोहित खड्का,राजकुमार अधिकारी ,र नयाका अध्यक्ष बिपिन थापा लगायतका बक्ताहरुले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । 


कार्यक्रममा कांग्रेस सिड्नीमा बसोबास गरिरहेका प्रजातन्त्रबादिहरुको बाक्लो सहभागिता रहेको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल न्युज अष्ट्रेलिया १३ औं वर्षमा 

नेपाल न्युज अष्ट्रेलिया १३ औं वर्षमा 

सामाजिक सञ्जालको बिकास अनि विस्तारले छापा पत्रकारिता मात्रै होइन समग्र पत्रकारिता नै ओझेलमा पर्न गएको यथार्थ पृष्ठभूमिमा उभिएर सच्चा संचारकर्मीको धर्म निर्वाह गर्न कम्ति कठिन छैन ।