नेभिगेशन
समाचार

तनहुँ समाज अष्ट्रेलियाद्वारा क्रुज पार्टीको आयोजना 


सिड्नी । नेपालीहरुको महान चाड बडा दशैंको अवसर पारेर तनहुँ समाज अष्ट्रेलियाले यहि अक्टोबर ५ तारिख शनिवार सिड्नीमा क्रुज पार्टीको आयोजना गर्यो । तनहुँबाट अष्ट्रेलिया आएर विभिन्न पेशा र व्यवसाय गर्दै आएका तनहुँहेहरूलाई एकित्रित गरि तनहुँको सामाजिक तथा शैक्षिक लगायत विभिन्न सामाजिक एबम कल्याणकारी कार्य गर्दै आएको तनहुँ समाज अष्ट्रेलियाले गरेको सो कार्यक्रममा सहभागीहरुले एकापसमा शुभकामना आदान प्रदान गरेका थिए ।

तनहुँहेहरू बिच रहदै आएको आपसी सद्भाव ,भाइचारा र आत्मियतालाई अझै बलियो बनाउन र जिल्लाको सामाजिक बिकासमा सकेको साथ र सहयोग जुटाउने पबित्र उद्देस्यले आयोजना गरिएको सो कार्यक्रममा बोल्दै  एन एस डब्लु राज्यका लागि नेपाली बाणिज्यदुत सञ्जीव शर्माले कला सस्कृति परम्परा र रिति रिवाजले धनि हामी जहाँ जसरि रहेपनि त्यसको जगेर्ना र सम्बर्धनमा लागिरहनु पर्ने बताए । उनले आफ्नो जिल्ला ,गाउ र नगरमा आईपर्ने दैबी प्रकोप र दुख अफ़्ट्यारोमा यस्ता सामाजिक सस्थाले गर्दै आएको आर्थिक तथा भौतिक सहयोगलाई आगामी दिनमा पनि अझ प्रभावकारी बनाउदै बिस्तार गर्नुपर्नेमा जोड दिए । 

सो अवसरमा राष्ट्रिय सभाका सांसद भगवती न्यौपाने एन आर एन ए का उपाध्यक्ष बिनोद श्रेष्ठ ,ओसियाना संयोजक दिनेश पोखरेल, एन आर एन ए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल,  तनहुँ जिल्ला नेपाली कांग्रेसका प्रबक्ता हरि वाग्ले , तनहुँ समाज अष्ट्रेलियाका बरिष्ठ सल्लाहकार दिनेशराज जोशी , तनहुँ समाज अष्ट्रेलियाका सस्थापक अध्यक्ष पी आर अधिकारी  लगायतका बक्ताहरुले तनहुँ जिल्लाको शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा सस्थाका अध्यक्ष मेगराज पौडेलले कार्यक्रमलाई भब्य एबम सभ्य रुपमा सम्पन्न गराउन साथ र सहयोग गर्ने सबै प्रति धन्यबाद दिदै सामाजिक तथा कल्याणकारी कार्यलाई सस्थाले अझ बिस्तार गर्दै लैजाने प्रतिबद्दता ब्यक्त गरे  तनहुँ समाज अष्ट्रेलियाका महासचिब हरि खनालले संचालन गरेको सो कार्यक्रममा सस्थाका उपाध्यक्ष सुर्य खनालले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा तनहुँ जिल्ला को सामाजिक, पर्यटन,सास्कृतिक एबम ऐतिहासिक पक्षलाई समेटेर सस्थाद्वारा तयार पारिएको भिडीयो डकुमेन्ट्री देखाईएको थियो । यसका अलवा तनहुँको साख बनेको मगर जातिको कौरा नाच प्रस्तुत गरिएको थियो ।  कलाकारहरु ईश्वर पोखरेल र आदेश पौडेलले आफ्नो सागेतिक प्रस्तुति दिएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीडनीमा नेपाली स्वाद अर्थात फ्लेभर्स अफ नेपाल

सीडनीमा नेपाली स्वाद अर्थात फ्लेभर्स अफ नेपाल

कुनै पनि देशको साहित्य, संगीत र कलाले सो देशको सांस्कृतिक समृद्धि झल्काउँछ भने कुनै पनि देशमा खाइने परिकारको विविधताले जीवनस्तरको समृृद्धि केलाउँछ । संसारभर प्राकृतिक सुन्दता, जातीय विविधता...