नेभिगेशन
समाचार

नेपालको चर्चित सांगितिक ब्याण्ड १९७४ एडी सिड्नीमा 

 


सिड्नी । नेपालको चर्चित सांगितिक ब्याण्ड १९७४ एडीले यहि सेप्टेम्बर २१ तारिख शनिवार सिड्नीमा आफ्नो  सांगितिक कार्यक्रम प्रस्तुत गर्न भएको छ । कार्यक्रमको बारेमा जानकारी दिने उद्देस्यले सेप्टेम्बर १६ तारिख सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बताइएको छ ।   नेपाल र विश्वभर फैलिएका नेपाली श्रोतामाझ संगीत क्षेत्रमा चिनिएको नाम र ब्यान्ड हो १९७४ एडी । केहि समय छुट्टीएर पुन एकाकार भएको यो समुहको गित संगित प्रतिको लगाव र लोकप्रीयता भने त्यत्तीकै चुलिएको छ ।

स्थापना दिवसको तिस बर्षलाई भब्य र सभ्य बनाउन यतिबेला १९७४ एडी अस्ट्रेलियाको सांगितिक भ्रमणमा रहेको छ । यसै शनिबार सीडनीको आइसीसीमा १९७४ एडीको सांगितिक यात्राको चर्चा यतिबेला चुलिएको छ ।
करिब एक दशकअघि मुख्य गायक फिरोज स्याङ्देन अचानक अमेरिका जानु र लगत्तै अर्का गायक एड्रियन प्रधानसमेत अनुपस्थित भएपछि प्रशंसकहरू निराश भएका थिए । सर्वकालिक हिट गीत गाउने दुवै गायक साथमा नभएपछि ब्यान्डमा केहि खल्लोपन देखिएको थियो । फिरोज र एड्रियन गायक मात्र नभई सर्जक पनि थिए। सन २०१९ मा समुहका पाँचै जना पुराना सदस्य फिरोज, एड्रियन, निराकार याक्थुम्बा, मनोज केसी र सञ्जय श्रेष्ठ फेरि ब्यान्डमा सामेल भएपछि यसले पुर्नताजगी पाएको थियो । संयोगले यसै वर्ष ’१९७४ एडी’ स्थापनाको ३० वर्ष पुगेको छ ।
सेप्टेम्बर १६ तारिख सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा एड्रियन प्रधानले भने ब्यान्ड भनेको एउटा परिवारजस्तै हो । परिवारभित्र कुन बेला कसलाई के चित्त बुझ्दैन । त्यस्तो बेलामा नकारात्मक भावनाहरू आउने गर्छन । हाम्रा गीत सुनेर संगीतसँग जीवन जोडिएका प्रशंसकको मायाले फेरी हामी एकताबद्ध हुन वाध्य पारिछाड्यो ।


यो मन त मेरो नेपाली हो ,गुराँसै फुल्यो ,छुदैन तिम्रो मायाले, सम्वोधन जस्ता सर्वकालिन गितले लाखौ दर्शक श्रोताको मन जितिसकेको छ । यस पटक हामी तीसौ स्थापना दिवसमा सीड्नीमा केहि बिशेष प्रस्तुती दिने प्रयास गर्नेछौ, ब्यान्डका अर्का सदस्य निराकर याक्थुम्बाले  सुनाए । रोटेपीङ इन्टरटेन्टमेन्टले आयोजना गरेको अस्ट्रेलिया भ्रमणका दौरान सीडनी आइपुगेका १९७४ एडीको टोलीलाई एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तया न्युसाउथवेल्स राज्यका संयोजक बिनोद कुवर, सचिब कल्याण खड्का, प्रायोजक मार्की होम्सका इर्शाद अहमद लगायतले सम्मान गरेका थिए ।
 कार्यक्रममा बोल्दै एनआरएन एनएसडब्लुका संयोजक बिनोद कुवरले राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गर्न पाउनु गौरवको बिषय रहेको बताए । मुख्य प्रायोजककोतर्फवाट मार्की होम्सका इर्शाद अहमदले नेपाली दर्शक श्रोताको मन जित्ने कलाकार र ब्यान्डसँंग जोडिन पाउनु आफैमा महत्वपुर्ण उपलब्धी रहेको चर्चा गरे ।
कार्यक्रममा ब्यान्डका सदस्यहरु संजय श्रेष्ठ, मनोज केसी,फीरोज स्याङदेनले ब्यान्डकोे पुर्नमिलनपछिको बिदेश यात्रामा दर्शक श्रोताको माया र स्नेहमा अझ बढि अभिबृद्धी भएको आफुहरुले पाएको बताए । पाँच  हजार भन्दा बढि दर्शक क्षमता भएको आइसीसी सीडनीमा कुनै पनि नेपाली सांगितिक समुहको यो पहिलो प्रस्तुती हो । आयोजक रोटेपीङका रोशन भट्टराइले सो कार्यक्रमको सन्चालन गरेका थिए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डब्बोमा धार्मिक यात्रा गरिने 

डब्बोमा धार्मिक यात्रा गरिने 

यम बराल सीडनीमा घन्कदै 

यम बराल सीडनीमा घन्कदै 

अतिथी सत्कारमा रमाएका रमेश

अतिथी सत्कारमा रमाएका रमेश

जे जसो भएपनि रमेश अतिथि सत्कार व्यबशायमा रमेका छन अनि जमेका पनि छन । उनि भन्छन, मिहिनेत र परिश्रम गर्नेका लागि उन्नतीको वाटो खुला छ ।