एनआरएनलाई राजनीतिक अधिकार बाहेकको नागरिकता


  • June 29, 2015


एनआरएनलाई राजनीतिक अधिकार बाहेकको नागरिकता

काठमाडौं । विदेशमा बसेका र सार्क मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएका नेपालीहरूले नागरिकता लिन चाहेमा राजनीतिक अधिकार बिनाको नागरिकता पाउने व्यवस्था संविधानको मस्यौदामा गरिएको छ। यस्तो गैर राजनीतिक नागरिकता लिएका गैरआवासीय नेपालीहरुले देशभित्र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भने पाउने छन्। यसको अर्थ नेपालभित्र सम्पत्ति खरिदविक्री वा व्यापार गर्न पाउने छन्। नागरिकता सम्बन्धी भाग २ को धारा १९ मा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्थामा विदेशी मुलुकको नागरिकता प्राप्त गरेका दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० क्षेत्रभन्दा बाहिरका देशमा बसोबास गरेको नेपाली मूलको व्यक्तिलाई कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्न सकिनेछ।


NEPAL NEWS Team
334 views

सम्बन्धित समाचारहरु