Sunday, December 3, 2023

एन ए डी एफले मेलमिलाप दिबस मनायो


  • January 8, 2017


एन ए डी  एफले मेलमिलाप दिबस मनायो

सिड्नी । राष्ट्रिय एकता दिबस तथा चालीसौ मेलमिलाप दिबसको अवसरमा नेप्लिज अस्ट्रेलियन डेमोक्र्याटिक फोरम NADF को आयोजनामा यहि जनवरी सात तारिख शनिबारको दिन सिड्नी स्थित एसफिल्ड पार्कमा एक कार्यक्रमको आयोजा गरियो . सिड्नीमा बसोबास गरिरहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख बक्ताको रुपमा बोल्दै नेपाली कांग्रेसका नेता तथा समाजबादी चिन्तक प्रदिप गिरीले जननायक बि पी कोइरालालले अबलम्बन गर्नुभएको मेलमिलाप नीतिलाई कार्यान्यन गर्न सके मुलिकको राजनीतिले सहि दिसा पाउने बताए . उनले देशको आर्थिक तथा सामाजिक बिकास गरि जनताको जिबनस्तर उकास्न दलहरुले पार्टीभन्दा माथि उठ्नुपर्ने खाचो औल्याए . नेता गिरीले जन्मभूमिको हितको लागि गैर आवासीय नेपालीहरुले पुर्याउदै आएको सहयोग प्रसंसनिय रहेको बताउदै प्रबासी नेपालीहरुलाई स्वोदेशामा लगानीको बाताबरण बनाउन आफुले सक्दो पहल गर्ने उल्लेख गरे .img_6158
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिना उपाध्याय संग्रौलाले प्रबासमा रहेका नेपालीहरुले जन्मभुमिप्रती देखाएको अटल आस्था र बिस्वास लाइ टुट्न नदिन देसमा लगानीको उपुक्त बातावरण सिर्जना गर्नेतर्फ आफु लाग्ने बताइन . उनले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा यो कार्यक्रम गरेर जननायक बि पी कोइरालालाई स्मरण गर्न पाउदा खुसि लागेको विचार ब्यक्त गरिन .img_6182
एन आर एन अस्ट्रेलियाका प्रेसिडेन्ट सुरेन्द्र सिग्देलले देसमा आपत बिपत पर्दा मात्रै होइन अरु बेलामा पनि गैर आवासिय नेपालीहरुले सकेको आर्थिक तथा भौतिक सहयोग स्थानिय तथा राष्ट्रिय स्तरमा गर्दै आएको बताउदै देसको राजनितिक अवस्थामा सुधार आएमा स्वोदेसको बिकासमा प्रबासी नेपालीको लगानी अझ बढ्ने उलेख गरे . उनले एन अर एन अस्ट्रेलिया यहाका सबै नेपाली सामाजिक संघ सस्थाहरु संग हातेमालो गर्दै अघि बढिरहेको बताए . नेप्लिज अस्ट्रेलियन डेमोक्र्याटिक फोरम NADF का प्रेसिडेन्ट बिबेक थापाको सभापतित्तोमा सम्पन्न उक्त शुभकामना आदान प्रदान तथा बार्बिक्यु कार्यक्रममा एन आर एन कि प्याट्रोंन इन्द्रा बन एन ए डी एफका डेपुटी प्रेसिडेन्टद्वय पुर्णनाथ घिमिरे र सुरेन्द्र सापकोटा तथा उक्त कार्यक्रमका सह संयोजक रामजी बस्नेत लगायतका बक्ताहरुले आ आफ्नो धारणा राखेका थिए . img_6167


NEPAL NEWS Team
256 views

सम्बन्धित समाचारहरु