कोरोनावाट एनएसडब्लु राज्य बढि प्रभावित, नौको मृत्यु


  • April 1, 2020


कोरोनावाट एनएसडब्लु राज्य बढि प्रभावित, नौको मृत्यु

अस्ट्र्लियाको न्यु साउथ वेल्सको डेरोथी हेण्डरसनमा गए राती एक ९५ वर्षीय वृद्धाको निधन भएपछि कोरोनाभाइरस सङ्क्रमणबाट जीवन गुमाउनेको सङ्ख्या एनएसडब्लुमा नौ र अस्ट्रेलियाभर २० जना पुगेको छ ।
पछिल्लो आँकडा अनुसार न्यु साउथ वेल्स राज्यमा हालसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या २ हजार एक सय ८२ पुगेको छ।
न्यु साउथवेल्स राज्यकी स्वास्थ्य विभागका अनुसार हालसम्म न्यु साउथ वेल्समा १ लाख तिन हजार तिन सय ६१ जनामा परीक्षण गरिसकिएको छ।
एक लाख भन्दा बढी मानिसहरूको परीक्षण भएको र त्यसमा दुइ हजार प्रभावित हुनुमा बाहिरी प्रभाव महत्वपुर्ण भएको र अहिले केहि हदसम्म यो रोग नियन्त्रणमा आएको राज्यकी प्रमियर ग्लाडिस बेरिजिक्लीयनले बताएकी छिन । हाल अस्ट्रेलियाभर चार हजार सात सय मानिशहरु कोरोना भाइरसवाट संक्रमीत बन्न पुगेका छन । संसारमा साढे आठ लाख मानिशहरुमा फैलिएको यो सरुवा रोगले करिब ४२ हजार मानिशको ज्यान लिइसकेको छ ।


NNA Team
491 views

सम्बन्धित समाचारहरु