प्रश्नावली समितिको म्याद थप्दै संविधानसभा बैठक स्थगित


  • February 5, 2015


प्रश्नावली समितिको म्याद थप्दै संविधानसभा बैठक स्थगित

काठमाडौं । राप्रपा नेपालको नाराबाजीका वीच संविधानसभा बैठकमा प्रश्नावली निर्माण सम्वन्धी समितिको म्याद थप भएको छ । संविधानसभाको बिहीबार बसेको बैठकमा राप्रपा नेपालका सभासदहरुले प्रश्नावली समितिको विरोध गरे । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे प्रश्न बनाउनु पर्ने माग गर्दै समिति बहिस्कार गरेका राप्रपा नेपालका सभासदहरुले संविधानसभामा नाराबाजी गरे । बैठकमा एमाओवादी, मधेसवादीसहितका विपक्षी दलका सभासदहरु भने अनुपस्थित थिए ।

राप्रपा नेपालका सभासदहरुको नाराबाजीका विच समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले समितिको म्याद थप सम्वन्धी प्रस्ताव पेश गरे । ४ दिन म्याद थप्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ । संविधानसभाको अर्को बैठक माघ २९ गतेका लागि बोलाइएको छ


NEPAL NEWS Team
182 views

सम्बन्धित समाचारहरु