पहिरोका कारण दुई राजमार्ग अबरुद्ध


  • June 17, 2015


पहिरोका कारण दुई राजमार्ग अबरुद्ध

काठमाडौं । भूकम्पपछि जमिन चिरा परेका कारण गएको पहिरोले गर्दा आज बिहान दुई राजमार्ग अवरुद्ध भएका छन् । धादिङस्थित पृथ्वी राजमार्ग अन्तर्गत वैरेनी–८ मछेडी खोला र भुमिस्थान–९ मा माथिबाट पहिरो आई सडक अवरुद्ध भएको छ । पहिरो गएको ठाउँमा सो सडक अहिले प्रहरीले एकतर्फ बाटो भने खुलाएको छ । दुईतर्फी बाटो खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी आज बिहान ५ः४५ बजे रसुवास्थित पासाङह्लामु राजमार्गअन्तर्गत स्याप्रु गाविस–५ खोपाङ भिरमा माथिबाट पहिरो खसी बाटो अबरुद्ध भएको छ । सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।


NEPAL NEWS Team
270 views

सम्बन्धित समाचारहरु