काठमाडौं । लागूऔषध कारोबारको आरोपमा करिव डेढ महिनादेखि थाइल्याण्डको उदुङखानीमा जेलजीवन विताइ रहेका पूर्वयुवराज पारसलाई भेट गर्ने योजनाका साथ हिमानी आज थाइल्याण्ड जाँदै छिन् । जेलमा बस्दा परिवारको साथ नपाएकोमा पारस स्वयमले दुख ब्यक्त गरेपछि उनी थाइल्याण्ड जान लागेकी हुन ।
पारसलाई सहयोग गर्न धीरेन्द्र पुत्री दिलासा थाइल्याण्डमै रहेता पनि आर्थिक अभाव र मद्धा फैसलाका लागि रकम ब्यवस्था गर्ने गरी पारस पत्नी हिमानी थाइल्याण्ड जान लागेकी उच्च स्रोतले जनायो । उनी १ बजे थाइ एयरलाइन्सबाट त्यसतर्फ जाने कार्यक्रम छ ।
पारसले केही नेपालीसँग भेट गर्न जादाँ आफूलाई परिवारका मान्छे भेट गर्न नआएको गुनासो पोखेपछि नेपाली र आफन्तको आग्रह अनुसार हिमानी पारसलाई भेटन जान लागेकी हुन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।