रुपन्देही समाजमा राज खनाल


  • October 6, 2015


रुपन्देही समाजमा राज खनाल

सिड्नी । अस्ट्रेलियामा छरिएर रहेका रुपन्देहीबासीलाई एकताको गाठोंमा कस्ने र आपत बिपतमा साथ दिने उद्देस्यका साथ गठित रुपन्देही समाजको भेलाले राज खनाललाई अध्यक्षको जिम्मेबारी सुम्पेको छ । रेस्टुरेन्ट ब्यवशायी खनाल एनआरएन अस्ट्रेलियाका कार्यसमिती सदस्य पनि हुन । नरम स्वभावका हसिला राजले प्रवासमा आपत बिपतमा एकजुट हुने र सहयोग आदान प्रदान गर्ने उद्देस्यका साथ समाजको स्थापना भएको जिकिर गरे । निजी सुसी बार नामक चर्चित जापानिज रेस्टुरेन्टका संचालक राजले जन्मथलोको बिकास र रुपन्देहीबासीको समस्यामा समाजले ठोस कदम चाल्ने बताए ।
नवगठित समाजको उपाध्यक्षमा सन्तोष केसी, महासचिवमा कृष्ण गैरे , कोषाध्यक्षमा रोशन कोइराला, प्राजेक्ट मेनेजरमा मुक्ती राम पोखरेल ,सांस्कृतीक संयोजकमा गायक ईश्वर पोखरेल, सदस्यमा भुवन पाण्डे र चुना क्षेत्री रहेका छन । कार्यसमितीले आवश्यकता अनुरुप अन्य सदस्यहरु मनोनित गर्ने छ । भेलामा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, उपाध्यक्ष दिनेश पोखरेल लगायतले निर्वाचित पदाधिकारी हरुलाई शुभकामना तथा बधाइ प्रदान गरेका थिए ।


NEPAL NEWS Team
274 views

सम्बन्धित समाचारहरु