नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीमा जेनिशा गौतमको ‘फूल फुल्यो केशरी’ सार्वजनिक

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा रहेर कला क्षेत्रमा सक्रिय गायिका तथा  कलाकार   जेनिशा गौतमको नयाँ गीत ‘फूल फुल्यो केशरी’ को म्युजिक भिडियो शुक्रबार भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

सिड्नीको ग्रान्ड प्यालेस, अबर्नमा आयोजित कार्यक्रममा चलचित्र निर्देशक शोभित बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा एनएसडब्ल्यू नारी निकुञ्जकी संयोजक आशा श्रेष्ठ, समाजसेवी मीना गुप्ता लगायत विभिन्न सामाजिक, सांस्कृतिक तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।IMG_5662-1780797012.jpeg

कार्यक्रममा वक्ताहरूले नेपाली कला, संगीत र संस्कृतिको प्रवर्द्धनमा प्रवासमा रहेका कलाकारहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै जेनिशा गौतमको बहुआयामिक कलायात्राको प्रशंसा गरेका थिए।

कार्यक्रममा बोल्दै कलाकार जेनिशा गौतमले भिडियो निर्माण तथा सार्वजनिक कार्यक्रममा सहयोग पुर्‍याउने अतिथि, शुभेच्छुक, प्रायोजक, सञ्चारकर्मी, कलाकार र सम्पूर्ण नेपाली समुदायप्रति आभार व्यक्त गरिन् ।  

गीतमा जेनिशा गौतम र ‘नेपाल आइडल’बाट चर्चामा आएका गायक प्रताप दासको स्वर रहेको छ। गीतको संगीत संयोजन उदयराजले गरेका छन्। गौतमले यस परियोजनामा गायिका, संगीतकार, गीतकार, अभिनेत्री तथा निर्देशकको भूमिका एकसाथ निर्वाह गरेकी छन्।IMG_5661-1780797041.jpeg

म्युजिक भिडियोमा दीपेन भण्डारी मुख्य भूमिकामा देखिएका छन्। भिडियोको छायांकन ओम गोर्खालीले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन्।

कार्यक्रमका वक्ताहरूले ‘फूल फुल्यो केशरी’ केवल एउटा गीत नभई प्रवासमा रहेर नेपाली कला र संस्कृतिलाई जीवन्त राख्ने प्रयासको सशक्त अभिव्यक्ति भएको उल्लेख गर्दै जेनिशा गौतमको आगामी सिर्जनात्मक यात्राको सफलताको शुभकामना व्यक्त गरेका थिए।कार्यक्रमको सञ्चालन कलाकार मुकुन्द तिमिल्सिनाले गरेका थिए।कार्यक्रममा  केही नेपाली  नृत्यहरु समेत प्रस्तुत गरिएको  थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्