अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट्स एलाइन्स (एक्का)को अध्यक्षमा रामचन्द्र पौडेल


  • September 20, 2022


अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट्स एलाइन्स (एक्का)को अध्यक्षमा रामचन्द्र पौडेल

एनएनए प्रतिनिधि
सिड्नी । नेपाली ब्यबसायीहरुद्वारा संचालनमा रहेका एजुकेसन कन्सल्टेन्सीहरुको साझा सस्था “अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट्स एलाइन्स (एक्का)”को छैठौ साधारण सभाले रामचन्द्र पौडेलको अध्यक्षतामा दुई बर्ष (२०२२- २०२४ ) को लागि नयाँ कार्यसमितिको चयन गरेको छ ।

सेप्टेम्बर १६ तारिख शुक्रबार सिड्नीमा सम्पन्न साधारण सभाले सस्थाको उपाध्यक्षत्रयमा कोमलराज पाठक, सूर्यभक्त खनाल र योगेन्द्र पौडेललाई चयन गर्यो । त्यसैगरी साधारणसभाले सचिवमा दिनेश खनाल, सहसचिवमा भुवन पाण्डे, कोषाध्यक्षमा सत्यप्रकाश कडेंल र सदस्यहरूमा राम चालिसे , सुमन अधिकारी, सृष्टि शाह , दीपक केसी र दुमेश्वर सुबेदीलाई चयन गर्यो । कार्यसमितिको पहिलो बैठकले बाकी सदस्यहरुको चयन गर्ने सस्थाले जनाएको छ ।
नेपाल न्यूज अस्ट्रेलिया संग कुरा गर्दै सस्थाका निबर्तमान अध्यक्ष भुपाल सिटौलाले सस्थाले लिएको उद्देस्य प्राप्तिको लागि आफुहरुले ईमान्दार प्रयास गरेको बताउदै विद्यार्थीले झेल्दै आएका भिसा , अध्ययनको बिषय ,कलेज तथा युनिभर्सिटी चयन र परिबर्तन लगायतका यावत समस्याहरुको समाधानका लागि यहाका शिक्षा र भिसासंग समन्धित निकायसंग सम्पर्कमा रहेर काम गरिएको जानकारी दिए ।
त्यसैगरी नेपाल न्यूज अस्ट्रेलियासंग कुरा गर्दै नबनिर्बाचित अध्यक्ष रामचन्द्र पौडेलले एजुकेसन कन्सल्टेन्सी व्यवसायलाई अझ मर्यादित र ब्यबसायिक बनाउन यसले अङ्गीकार गरेका आचार संहिता र नियमलाई कार्यान्वन गर्न सम्बन्ध सबै पक्षसंग सहयोग र सहकार्यको हात अगाडी बढाईने बताए ।
शैक्षिक र माइग्रेसनका क्षेत्रमा परामर्श दिदै आएका नेपाली ब्यबसायी हरुलाई एकै छाना मुनि आबद्ध बनाएर व्यवसायीको हकहित एबं आफ्नो सेवालाई चुस्त र पारदर्शी एबं प्रभावकारी बनाउने उद्देस्यले सन्का २०१२ मा स्थापित यो सस्थामा हाल सम्म पैतालिस जना ब्यबसायीको आबद्धता रहेको छ। यो संख्या बर्षेनी बढ्दै गएको सो सस्थाले जनाएको छ । शैक्षिक परामर्शदाताको रुपमा अस्ट्रेलियाभरी हालसम्म करिब डेढ सय नेपाली व्यवसायीहरु यो क्षेत्रमा रहेको बताइन्छ ।
एन एस डब्लु राज्यकालागी नेपाली बाणिज्यदुत दीपक खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा हन्टर फ्लड लयर्सका तर्फबाट किम हन्टर ,क्युण्टुम ल ग्रुप का प्रतिनिधि जिली यु र जस्टिन ,इन्टरनेसनल स्टुडेन्ट एजेन्ट एजुकेसन र सो ब्यबसायसंग आबद्ध ब्यबसायीहरु ,नेपाली सामाजिक सस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
सस्थाका निबर्तमान अध्यक्ष भुपाल सिटौलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन नबनिर्बाचित कोषाध्यक्ष सत्यप्रकास कंडेलले गरेका थिए ।


NNA Team
454 views

सम्बन्धित समाचारहरु