सीइएमटी ट्राभलले हवाइदेखि जलमार्गसम्मको सेवा दिने


  • April 4, 2023


सीइएमटी ट्राभलले हवाइदेखि जलमार्गसम्मको सेवा दिने

केहि फरक र अलग गर्ने चाहना बोकेर मुलुकको पर्यटनलाई फरक कोणवाट चिनाउने प्रयासका साथ सीडनीमा नया अभियानको थालनी भएको छ । मुलुकको पर्यटन प्रर्वधनमा केहि फरक कोण अलगधारमा काम गर्ने योजनाका साथ सीइएमटी ट्राभल एन्ड टुर्सको जन्म भएको यसका अभियन्ता गोवा कटुवालले बताए । हामीले समान्य टिकट बेच्ने उद्देस्यले यो ट्राभल खोलेका होइनौ ,यसका फरक योजनाहरु रहेका छन , कटुवालले भने ।
एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष समेत रहेक गोवा कटुवालले नेपालको पर्यटन प्रर्वधनका लागि आवश्यक रहेको एडभेन्चर टुरीजम , कल्चर एन्ड हेरिटेज टुरीजम, हेल्थ एन्ड वेलनेस टुरीजम र कम्युनिटी टुरीजम प्रवर्धनमा अष्ट्रेलियामा रहेर यस ट्राभलले बिशेष अभियान अगाडि बढाउने सोच बनाएको सुनाए । अष्ट्रेलियाको सीडनीलाई आधार बनाएर प्रारम्भ गर्न लागिएको यस सीइएमटी ट्राभलले नेपालमा संभावना बोकेका धार्मिक पर्यटन र साहसीक खेल पर्यटनलाई समेत मध्यनजर राखेर बिभन्न प्याकेजको निमार्ण गर्ने र त्यसमा बजार प्रर्वधन गर्ने लक्ष्य राखेको कटुवालले सुनाए । यस सीइएमटी ट्राभल एन्ड टुर्सको अभियानमा अली अस्लान, समिप कटुवाल, कामना केसी बानिया र श्रृती रोकायाको युवा टिमले महत्वपुर्ण कार्य अगाडि बढाउने भएको छ । यस ट्राभलले सडक, हवाइ क्षेत्रदेखि पानी जाहाजका सेवा समेत उपलब्ध गराउने जानकारी पनि कटुवालले गराए ।
हाल हवाइ टिकट , नेपालको भ्रमण र क्रुज प्याकेज प्रारम्भ गरेको सीइएमटीले निकट भबिष्यमै आफ्ना अन्य कार्यहरुलाई अगाडि बढाउने लक्ष्य राखेको यसका योजनाकार गोवा कटुवालले बताए । सीडनीमा आयोजित पत्रकार सम्मेलनमा कानुन ब्यवशायी शम्सेरसिंह थापा, एनआरएनका पुर्व उपाध्यक्ष दिनेश पोखरेललगायतले यसको सफलताको शुभकामना प्रदान गरेका थिए । एस एन्ड एस इन्भेस्मेन्ट समुह भित्र रहेर यस ट्राभलले आफ्नो नियमीत कार्य गर्नेछ ।


Nepal News Australia
192 views

सम्बन्धित समाचारहरु