Saturday, December 2, 2023

एनएडीएफले पत्रकारकाे बालबच्चा पढाउने


  • December 26, 2016


एनएडीएफले पत्रकारकाे बालबच्चा पढाउने

सिड्नी । नेपाल अस्ट्रेलियन डेमोक्रयाटिक फोरम(एनएडीएफ)ले प्रजातन्त्रबादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेश युनियनसँग सहकार्य गर्दै दिवंगत पत्रकारका बालबच्चा पढाउने पुन्य कार्यको थालनी गर्ने भएको छ ।
युवा अवस्थामा ज्यान गुमाएका नेपाल प्रेश युनियनका सचिब सुर्य कुमार क्षेत्रीका छोरा सुसन कुमार क्षेत्रीको माध्यामिक तहसम्मको पढाइमा एनएडीएफले सहयोग गर्ने महासचिव माधव गैरेले जानकारी दिए । संस्थाले बार्षिक करिब दुइ लाख रुपैया क्षेत्रीको पढाइका लागि नेपाल प्रेश युनियनलाई प्रदान गर्ने भएको छ । अस्ट्रेलिया भ्रमणमा रहेका नेपाल प्रेश युनियनका अध्यक्ष बद्री सिग्देल र एनएडिएफका अध्यक्ष विवेक थापाले शनिबार एक कार्यक्रमबिच सहयोगको बिषयमा एक संझौतापत्रमा हस्ताक्षर गरेका छन । संझौतापत्र अनुरुप एनएडिएफले क्षेत्रीको माध्यामिक तहसम्मको पढाइका लागि बार्षिक एक लाख चौरानब्बे हजार रुपैया नेपाल प्रेश युनियनलाइ उपलब्ध गराउने छ ।
हामीले मुलुकका लागि केहि गरौ भन्ने सोचका साथ बैठकमा प्रस्ताब गरेका थियौ तर पहि निर्णय एउटा पुन्य कार्यवाट प्रारम्भ भएको छ , एनएडिएफका अध्यक्ष विवेक थापाले बताए । यो पढाइ भन्दा पनि प्रवासमा रहेको नेपाली समाजले स्वदेशमा क्रियासील एउटा पत्रकारको पीडामा मलम लगाएको हो भन्ने मलाइ लागेको छ , थापाले संझौतापछि सुनाए । एनएडीएफले जनबरीको पहलिो साता मेलमिलाप दिवसको उपलक्ष्यमा एकताको शन्देश छर्दे एक कार्यक्रमको समेत आयोजना गर्ने निर्णय गरेको कोषाध्यक्ष सत्य प्रकाश कडेंलले बताए ।


NEPAL NEWS Team
291 views

सम्बन्धित समाचारहरु