Saturday, December 2, 2023

ग्याँसको बिकल्पमा दाउरा आजदेखि बेच्दै सरकार


  • November 15, 2015


ग्याँसको बिकल्पमा दाउरा आजदेखि बेच्दै सरकार

काठमाडौं । सरकारले भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्यास उपलब्ध गर्न नसकेपछि आजबाट दाउरा बिक्री गर्न थालेको छ । बन मन्त्रालयको निर्णय अनुसार आज टिम्बर करर्पोरेशनको गौशाला र बालकुमारी डिपोबाट दाउरा बिक्री हुँदैछ ।

टिसीएनले एक केजीको १५ रुपैयाँका दरले दाउरा विक्री गर्ने भएको हो। टीसीएनले दाउरा विक्रीका लागि शनिबार आफ्ना दुवै डिपोमा विद्युतीय तराजुको व्यवस्था गरेको छ। टिसीएनले एक सय केजी दाउराले एउटा परिवारलाई एक महिनासम्म पुग्ने अनुमानसहित दाउरा विक्री गर्न लागेको हो।

एउटा परिवारलाई प्रतिकेजी १५ रुपैयाँका दरले एक सय केजीसम्म र संस्थाहरुलाई १७ रुपैयाँका दरले ५ सय केजीसम्म दाउरा विक्री गर्ने व्यवस्था मिलाइएको बताए।


NEPAL NEWS Team
152 views

सम्बन्धित समाचारहरु