तराईका २२ जिल्लाका एमाले नेता दुई दिने राष्ट्रिय भेला हुँदै


  • December 7, 2015


तराईका २२ जिल्लाका एमाले नेता  दुई दिने राष्ट्रिय भेला हुँदै

काठमाडौं । तराई मधेशको समस्याका बारेमा पार्टीको धारणा तय गर्नका लागि एमालेका अगुवा कार्यकर्ताको भेला आजदेखि चितवनमा सुरु हुँदैछ । संविधान जारी भएपछि पार्टीको रणनीति तय गर्न एमालेले अगुवा नेता कार्यकर्ताको भेलाको आयोजना गरेको हो । संविधानमा विषयमा चलेको भ्रमण चिर्नका लागि भेलाको आयोजना गरिएको एमालेले जनाएको छ । दुई दिने राष्ट्रिय भेला तराईकेन्द्रित रहने नेताहरुले बताएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली पनि सहभागी हुने भेलामा तीनवटा अवधारणा पत्र पेस हुनेछन् । भेलामा महासचिव ईश्वर पोख्रेलले संविधान अन्तरवस्तु तथा अन्य देशमा संविधानका तुलनात्मक अध्ययन गरिएको कार्यपत्र पेश गर्नेछन् । त्यस्तै उपमहासचिव घनश्याम भुसााले भारतीय नाकाबन्दी, अन्तर्राष्ट्रिय आयामहरु र सचिव प्रदीप ज्ञवालीले तराई मधेसको आर्थिक सामाजिक अवस्थाको विषयमा धारणा पेश गर्ने कार्यक्रम रहेको छ ।


NEPAL NEWS Team
234 views

सम्बन्धित समाचारहरु