Saturday, April 13, 2024

६ प्रदेशमा सहमति भएको वनमन्त्रीको दाबी


  • April 18, 2015


६ प्रदेशमा सहमति भएको वनमन्त्रीको दाबी

बिराटनगर । वनमन्त्री महेश आचार्यले सहमतिबाटै संविधान बनाउने वातावरण वन्दै गएको बताएका छन् । लायन्स क्लबको राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै वनमन्त्री आचार्यले ६ प्रदेश बनाउन एमाओवादी र मधेसवादी दलहरु सहमत भएको दाबी गरे ।
नामांकन र सीमाकंनमा पनि दलहरु सहमति नजिक पुगेको भन्दै उनले अन्य विषय पनि चाँडै टुंगो लाग्ने बताए । कांग्रेस नेता समेत रहेका मन्त्री आचार्यले कांग्रेसको महाधिवेशनले संविधान निमार्णमा असर नपर्ने भन्दै नेपाली जनताले छिट्टै संविधान पाउने दाबी गरे । कार्यक्रममा सामान्य प्रसासन मन्त्री लालवावु पण्डितले तेस्रो संविधानसभाको कल्पना पनि गर्न नसकिने बताए । लायन्स क्लबको राष्ट्रिय महाधिवेशनमा देशभरबाट ८ सय प्रतिनिधि सहभागी छन । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।


NEPAL NEWS Team
439 views

सम्बन्धित समाचारहरु