दाहाल नेतृत्वको राजनीतिक समिति सक्रिय बनाउ : सभामुख


  • February 4, 2015


दाहाल नेतृत्वको राजनीतिक समिति सक्रिय बनाउ : सभामुख

काठमाडौ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले राजनीतिक संवादहिनता तोड्न राजनीतिक समितिको बैठक बोलाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । दाहाल नेतृत्वको समितिमा प्रमुख दलका शीर्ष नेताहरु सदस्य छन् । संविधानसभाको दोस्रो निर्वाचनपछि उक्त समिति गठन गराउन एमाओवादीले लामो समय संसद अवरुद्ध गरेको थियो । उक्त समितिको क्षेत्राधिकार भित्र राजनीतिक दलहरुबीचको सम्बन्ध सुदृढ गर्ने विषय रहेकाले गतिरोध अन्त्यका लागि दाहालले अग्रसरता लिनुपर्ने नेम्वाङको भनाइ छ ।

प्रस्ताव समितिमार्फत अघि बढेको प्रक्रिया र बिहीबारका लागि डाकिएको संविधानसभा बैठकबारे जानकारी लिन आफ्नो कार्यकक्षमा आएका एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलमार्फत् नेम्वाङले दाहाललाई उक्त सन्देश पठाएका हुन् ।
प्रतिपक्षी मोर्चाको अवरोधका बीच संविधानसभाको बहुमतबाट प्रस्ताव समिति पारित भएको घोषणा गर्ने नेम्वाङको कदमपछि एमाओवादी शीर्ष नेताहरू सभाध्यक्षको कार्यकक्षमा गएका छैनन् । संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका अध्यक्षसमेत रहेका एमाओवादी नेता बाबुराम भट्टराई मंगलबार आफ्नो कार्यकक्षमा पुगे पनि छेउमै रहेको समाध्यक्षको च्याम्बरमा गएनन् । कान्तिपुर दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
200 views

सम्बन्धित समाचारहरु