आज वीपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइदै


  • July 22, 2015


आज वीपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौ । आज ३३ औं औ वीपी स्मृति दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । नेपाली कांग्रेसले आज जननायक स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।
नेपालमा रहेको एकतन्त्रीय जहानिया राणा शासन हटाई प्रजातन्त्र स्थापना गर्न नेता बीपी कोइरालाले जनक्रान्तिको थालनी गरेका थिए । उनकै नेतृत्वमा जनक्रान्ति सफल भई विसं २००७ सालमा नेपालमा पहिलोपटक प्रजातन्त्रको स्थापना भएको थियो । २०१५ सालमा भएको प्रथम संसदीय निर्वाचनमा नेपाली कांग्रेस विजयी भएपछि नेता कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री भएका थिए । तत्कालीन राजा महेन्द्रले वि सं २०१७ सालमा संसदीय व्यवस्था विघटन गरी पाचायती व्यवस्था स्थापना गरे लगत्तै बीपी जेल पर्नुभएको थियो । त्यसको केही वर्षेपछि उनी निर्वासनमा जाएको थिए । भारत निर्वासनपछि नेता बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनका विभिन्न मोडमा उनले अनुसरण गरेको नीति र प्रदान गरेको नेतृत्वबारे चर्चा गरी बीपी स्मृति दिवस मनाउने गरिन्छ । उनले प्रतिपादन गरेको नेपाली कांग्रेसको आदर्श प्रजातान्त्रिक समाजवाद अहिले पनि नेपाली कांग्रेसले अंगीकार गरिरहेको छ । बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ संगठनहरुले आज देशभर नै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछन् ।


NEPAL NEWS Team
247 views

सम्बन्धित समाचारहरु