सत्तापक्षको समितिमा आउन एमाओवादीलाई आग्रह


  • January 25, 2015


सत्तापक्षको समितिमा आउन एमाओवादीलाई आग्रह

sushil-koirala_20110713085806काठमाडौं । संविधान सभाका सभामुख सुवासचन्द्र नेम्बाङले प्रस्ताव समिति गठन गरिसके प्रधानमन्त्री सुशील कोइरालाले यो कसैको विजय वा हारको कुरा नभएको प्रतिक्रिया दिएका छन् । बैठकबाट बाहिरिनेक्रममा कोइरालाले भने, ‘यो कसैको हार वा विजय भएको होइन । मलाई विश्वास छ माओवादी पनि समितिमा आउनेछ ।’
यसैगरि कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले संविधान सभाका सभामुख सुवासचन्द्र नेम्बाङले प्रस्ताव समिति गठन गरेकोमा भन्यवाद दिएका छन् । उनले अवरोध खडा नगरेकोमा विपक्षी एमाओवादी मोर्चाका नेताहरुलाई पनि धन्यवाद दिएका छन् । उनले भने‘ रोकिएको प्रक्रिया सुरु गर्नुभो, अब विपक्षीहरूसँग वार्ता हुनेछ ।’
कांग्रेस उससभापति रामचन्द्र पौडेलले आजबाट संविधान निर्माणको एउटा प्रक्रिया सुरु भएको प्रतिक्रिया दिए । बैठकपछि बाहिरिएर पत्रकारहरूसँग बोल्दै पौडेलले समितिमा विपक्षीलाई पनि आउन आह्वान गर्दै अझै पनि सहमतिको ढोका बन्द नभएको बताए । उनले भने, ‘सहमतिको ढोका बन्द भएको छैन । तर सहमतिको नाममा प्रक्रिया रोक्नु हुन्न । फेरि पनि हामी के भन्छौँ भने खुला छलफल गरौँ ।’ ‘२००७ सालदेखि नै संविधान सभाले संविधान बनाउने कुरामा षड्यन्त्र भइरहेको थियो अहिले पनि जारी छ, पौडेलले भने, यसपटक हामीले संविधान बनाउनै पर्छ । माओवादीहरुले बहिस्कार गर्नुभएको छैन । उहाँहरु संविधान नबनाएर कहाँ जानुहुन्छ । उहाँहरु आउनु हुन्छ ।’


NEPAL NEWS Team
302 views

सम्बन्धित समाचारहरु