Wednesday, May 15, 2024

विमानस्थल भन्सारमा कर्मचारी शून्य


  • August 30, 2015


विमानस्थल भन्सारमा कर्मचारी शून्य

काठमाडौं । भन्सारमा कर्मचारी नै नभएका कारण टर्किस एयरको बिमानबाट शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सबै यात्रु भन्सार जाँचपास नगराई बाहिरिए। सुरक्षा सम्बद्ध स्रोतका अनुसार इन्तानबुलबाट आएको टिके७२६ उडानबाट १ सय ४४ जना यात्रु उत्रिएका थिए। बिमान बिहान ६स्२० बजे विमानस्थलमा अबतरण गरेको थियो। यात्रुहरू अध्यागमनको क्लियरेन्स लिएर भन्सार क्षेत्रमा पुग्दा त्यहाँ कर्मचारी थिएनन्। वाकथु एक्सरे मेसिन पनि चलेको थिएन। ‘सबै यात्रु भन्सार चेक जाँच नगराई विमानस्थलबाट निस्किएका थिए,’ सुरक्षा अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा साढे सात बजेसम्म एकजना मात्र कर्मचारी थिए।’ सुरक्षा निकायले कर्मचारी नभएको जानकारी दिएपछि ८ बजे विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक भूपाल बराल हस्याङ्फस्याङ गर्दै पुगेका थिए । वाकथु्र, एक्सरेमार्फत राजस्वको मात्र हैन सुरक्षाका दृष्टिकोणले समेत चेकजाँच गर्ने काम विमानस्थल भन्सारको हुन्छ । कसैले हतियार, विस्फोटक पदार्थ ल्याउन खोजेको रहेछ भने पनि पत्ता लगाउने भन्सारले हो ।‘यस्तो संवेदनशील कुरामा भन्सार कर्मचारी संवेदना शून्य देखिए,’ सुरक्षा अधिकारीले भने । भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले कर्मचारीको चरम हेलचेक्र्याइँ देखिएको स्वीकार्दै सम्बद्ध सबै कर्मचारीलाई सचेत गराउनुका साथै स्पष्टीकरण सोधिएको बताए । भन्सार अधिकृतद्वय परशुराम दाहाल र राजनबाबु काफ्लेसहित ३० जनालाई स्पष्टीकरण सोधिएको छ । विमानस्थलमा प्रमुख भन्सार अधिकृत उपसचिव नेतृत्वमा भन्सारको टोली परिचालित हुन्छ । यात्रुको बढी चाप हुने बेलामा २५–३० जना कर्मचारी परिचालित हुन्छन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।


NEPAL NEWS Team
292 views

सम्बन्धित समाचारहरु