Wednesday, May 15, 2024

सिड्नीमा उधौली


  • January 6, 2015


सिड्नीमा उधौली

किराँत सोसाइटी अफ न्यु साउथ वेल्सको आयोजनामा विगत वर्षहरुमा झैं यो वर्ष पनि सिड्नीमा उद्यौली पर्व मनाइएको छ । सिड्नीमा रहेर सोसाइटीमा आवद्ध राई, लिम्बू, याख्खा र सुनुवार समुदायको तर्फबाट डिसेम्बर ६ तारिख शनिबारका दिन टेम्पे रिजर्भमा यो पर्व आयोजना गरिएको हो ।

किराँत राई लिम्बूको संस्कृति झल्कने पहिरन लगाएर कार्यक्रममा आएका सहभागीहरुले केलाङ, साकेवा र सिली नृत्य समेत प्रस्तुत गरेका थिए । प्रकृतिको पुजा गर्दै मनाउने उक्त पर्वमा किराँत सोसाइटी अफ भिक्टोरियाबाट सहभागी भएका अतिथि कृष्णबहादुर राईले पर्वको महत्वबारे प्रकाश पार्दै सबैलाई आशिर्वाद समेत दिएका थिए । कार्यक्रममा जितमान लिम्बू, चित्र तम्बाहाम्फे, शशी राई, मेजर भला राई, राम राई, डा. नारायण प्रधान, अरु तामाङ लगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।
वर्षभरि खान पुग्ने अन्न उत्पादनमा सहयोग गर्ने प्रकृतिलाई पुजा गर्न सेउलीको कुल देवता समेत स्थापना गरिएको सोसाइटीका चित्र तुम्बाहाम्फेले जानकारी गराए । कार्यक्रममा मौलिक खानाका परिकारहरुको समेत व्यवस्था गरिएको थियो । नयाँ पुस्तालाई किराँतहरुको संस्कृति र रीतिरिवाजबारे जानकारी दिन यस्ता कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।


Nepal News Australia
289 views

सम्बन्धित समाचारहरु