Friday, December 1, 2023

बन्दविरुद्ध मुलुकभर सञ्जाल बनाउन उद्योगीको भेला बोलाइयो


  • February 3, 2015


बन्दविरुद्ध मुलुकभर सञ्जाल बनाउन उद्योगीको भेला बोलाइयो

काठमडौं । बन्दविरुद्ध मुलुकभर सञ्जाल बनाउने गरी उद्योग बाणिज्य महासंघले आगामी २६ गते उद्योगी व्यवसायीको भेला बोलाएको छ । महासंघ अध्यक्ष प्रदिपजंग पाण्डेका अनुसार उक्त भेलाले बन्द बिरुद्धका कार्यक्रमहरु तय गर्ने छन् । त्यसका लागि ९६ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरु, ९१ वटा वस्तुगत संघहरु, २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु र ६ सय ३५ वटा विभिन्न उद्योग प्रतिष्ठानहरुको भेला बोलाईएको हो ।
‘कुन मोडलको कार्यक्रम गर्ने भन्ने बिषयको टुग्गो भेलाले लगाउने छ,’ उनले भने, ‘अभियानको लागि मुलुकभरका उद्योगी व्यबसायीलाई सहयोगको अपिल गरिएको छ ।’ सोमबार महासंघले जारी गरेको विज्ञप्ती अनुसार अरु व्यवसायिक, पेशागत संघ संस्थाहरुको परिचालन मार्फत मुलुकभरै यो अभियान लैजाने तयारी छ ।
‘मुलुकभित्र सवैले स्वतन्त्र र निर्वाध काम गरि खान पाउने वातावरण बन्नुपर्दछ । महासंघले सरोकारवाला निकायहरुसंग छलफल गरि बन्द हड्ताल लगायतका कार्यक्रमहरुका विरुद्धमा सकारात्मक अभियान चलाउने निक्र्यौंल गरेको छ, विज्ञप्तीमा भनिएको छ, ‘उक्त अभियान अन्तरगत महासंघले आम नागरिक सहित पेशाकर्मी उद्यमी व्यवसायीलाई सवै प्रकारका बन्दको विरोधमा स्वस्फूर्त रुपमा परिचालन गर्ने, चेतनामुलक कार्यक्रम चलाउने, लोगो, पर्चा पोष्टरिङ गर्ने, छलफल, अन्तरक्रिया, शान्तिपूर्ण र्‍याली लगायतका कार्यक्रमहरु हुनेछन् ।’
छलफल र अन्तरक्रिया गरि अरु आगामी कार्यक्रमहरु तय गरिने जनाईएको छ । ‘हिजोका दिनमा प्रजातान्त्रिक परिवर्तनका लागि बन्द हड्तालका कार्यक्रमहरु गर्दा घाटा सहेर भएपनि निजी क्षेत्रले साथ दिएको इतिहास छ, विज्ञप्तीमा भनिएको छ, ‘मुलुकमा लोकतन्त्र स्थापित भैसकेपछि सवै समस्याका समाधान लोकतान्त्रिक विधिबाट हुनुपर्दछ र बन्द हड्ताललाई माध्यम बनाइनु हुदैन भन्ने हाम्रो मान्यता छ । तसर्थ अव, बन्द, हड्ताल जस्ता कार्यक्रम नगर्न महासंघ सवैमा अपिल गर्दछ ।
बन्दले अर्थतन्त्रमा प्रतिदिन २ अर्ब रुपैयाँ भन्दा बढीको नोक्सानी हुने र दिनहु कामगरि खाने, दैनिक ज्यालादारी गर्ने मजदुर, सार्वजनिक यातायात चढेर आफ्नो गन्तव्यमा जाने सर्वसाधारण, उत्पादन बेच्ने किसान, पर्यटकलाई सबैभन्दा धेरै मार पर्नै महासंघले जनाएको छ । ‘विकास निर्माण र पूर्वाधार निर्माणका कार्यहरु अवरुद्ध भई राष्ट्र अझ पछाडी धकेलिन्छ । अभाव, अनिश्चितता र अन्यौलता अझ बढै छ,’ विज्ञप्तीमा उल्लेख छ । महासंघमा भएको आन्तरिक तयारी अनुसार बाणिज्य महासंघले बन्द अबज्ञा गर्दा हुने क्षतिमा राहत दिनका लागि समेत निश्चित कोष खडा गर्ने तयारी छ । कान्तिपुरबाट


NEPAL NEWS Team
178 views

सम्बन्धित समाचारहरु