पूर्व प्रधानमन्त्री थापाको राजकीय सम्मानसहित आज अन्त्येष्टि


  • April 17, 2015


पूर्व प्रधानमन्त्री थापाको राजकीय सम्मानसहित आज अन्त्येष्टि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अहिले चाबहिलस्थित पार्टी कार्यालयमा राखिएको छ । यसअघि विभिन्न पार्टीका नेता तथा कार्यकर्ता आज बिहान थापा निवास मालीगाउँमा पुगी उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । स्वर्गीय थापालाई श्रद्धाञ्जलि अर्पण गर्न आज बिहान अर्थ मन्त्री डा रामशरण महत, वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य, नेपालका लागि चिनका राजदूत उ छुन्ताई, नेपाली काँग्रेसका युवा नेता तथा सभासद्हरु गगन थापा, उदयशमशेर राणालगायत विभिन्न दलका नेता, कार्यकर्ता मालीगाउँ पुगेका थिए । थापाको पार्थिव शरिरलाई श्रद्धान्जिली दिनका लागि आजै दशरथ रंगशालामा १२ वजेपछि लगिने भने आजै राष्ट्रिय सम्मनका साथ अन्तेष्टी गरिनेछ ।


NEPAL NEWS Team
337 views

सम्बन्धित समाचारहरु