नेभिगेशन
क्वीन्सल्याण्ड

ब्रिसबेनमा FeNCAA को सातौँ साधारण सभा सम्पन्न, डा. पुडासैनी अध्यक्षमा निर्वाचित

ब्रिसबेन। फेडेरेसन अफ नेप्लिज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया (FeNCAA) को सातौँ साधारण सभा ब्रिसबेनमा सम्पन्न भएको छ। सभाले डा. मधुसुधन पुडासैनीलाई अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ।att.QVyd6rJMxkvNKzuDDD3upgLGZHtnlzl_qKxiNsaNv7Y-1756356326.jpeg

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष कपिल पाण्डे, महासचिव भोला गिरी, सचिव डा. प्रकाश पौडेल, कोषाध्यक्ष जीवन राना, सह–कोषाध्यक्ष केदार रिजाल, प्रवक्ता केशव शर्मा र सहायक प्रवक्ता सुरेन रेग्मी रहेका छन्। त्यस्तै, विभिन्न राज्य संयोजकमा साउथ अष्ट्रेलियाबाट पुष्कर कोइराला, अष्ट्रेलियन क्यापिटल टेरिटोरीबाट सुरज पौडेल, न्यू साउथ वेल्सबाट मुक्तिराम पोखरेल, तास्मानियाबाट कमल भण्डारी, भिक्टोरियाबाट कृष्णबहादुर महरा क्षेत्री र वेस्टर्न अष्ट्रेलियाबाट डिल्लीराम पराजुली निर्वाचित भएका छन्। निर्वाचन मण्डलका अध्यक्ष जोग लिम्बुले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको शपथ गराउँदै प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रममा अध्यक्ष वम योन्जनको अध्यक्षतामा संस्थाको प्रतिवेदन प्रस्तुत गरिएको थियो भने महासचिव कपिल पाण्डेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष राजन कोइरालाले आयव्यय प्रतिवेदन पेस गरेका थिए।

सभामा प्रमुख अतिथि संघीय सांसद तथा प्रतिनिधि सभाका सभामुख डिक मिल्टनले अष्ट्रेलिया–नेपाल सम्बन्ध ऐतिहासिक रूपमा सुमधुर रहँदै आएको उल्लेख गर्दै यसलाई अझ मजबुत बनाउन नेपाली समुदायले पु¥याएको योगदान उच्च रहेको बताए। उनले FeNCAA जस्ता संस्थाहरूको कामको प्रशंसा गर्दै भविष्यमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, क्विन्सल्याण्ड सरकारकी बहुसांस्कृतिक मामिला मन्त्री फियोना सिम्पर्सनले नेपाली समुदायले बहुसांस्कृतिक समाजमा दिएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाइन्।att.1fOYlh8QW5lqSR14UA3rEU9zIo3LrVWLCLnw6P64-6E-1756356351.jpeg

कार्यक्रममा सार्वजनिक तथा सांस्कृतिक मामिला छायाँ मन्त्री चियरस मुल्लेन, FeNCAA का पूर्व अध्यक्ष डा. कृष्ण हमाल, NAQ अध्यक्ष टिकाराम शर्मा, NRNA अष्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवर लगायतले पनि मन्तव्य दिएका थिए।

नवनिर्वाचित अध्यक्ष डा. मधुसुधन पुडासैनीले विगतको अनुभव र सिकाइलाई आत्मसात् गर्दै FeNCAA लाई समयानुकूल अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी दुई वर्षका लागि कार्ययोजना प्रस्तुत गर्दै सबै सरोकारवालासँग सहकार्य गर्दै संस्थालाई अझ सबल र प्रभावकारी बनाउन आफूहरू कटीबद्ध रहेको बताए।

करिब एक सय सदस्य संस्थाका प्रतिनिधिहरूको भौतिक तथा भर्चुअल उपस्थिति रहेको कार्यक्रममा अष्ट्रेलियाभरका समुदाय अगुवा, पत्रकार र समाजसेवीहरूको समेत सहभागिता थियो। कार्यक्रमको सञ्चालन क्विन्सल्याण्ड राज्य संयोजक डा. इशा शर्माले गरेकी थिइन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्