नेभिगेशन
LEADING_MAIN

एक्सपर्टको टोली अन्टार्कटिका पुग्यो


 सिड्नी । विद्यार्थीलाई विश्वका विभिन्न देशहरुमा शिक्षाको लागि सहजिकरण गरिरहेको एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले अन्टार्कटिका महादेश पुगेर वातावरण संरक्षणप्रति चासो देखाएको छ । 


एक्सपर्टका ७ जना निर्देशकहरुले अन्टार्कटिका पुगेर  बैठक बस्दै  बाताबरण संरक्षणमा सबैको चासो आजको आवस्यकता रहेको खाचो औल्याएका छन्  हुन । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस अन्तर्गतको एक्सपर्ट फाउण्डेसनको विशेष बैठक समेत  उनीहरुले  अन्टार्कटिकामा गरेका थिए । जसमा विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तन र नेपाल, हिमालय र जलवायु परिवर्तनबारे छलफल गरिएको एक्सपर्ट नेपाल शाखाका  निर्देशक खेम संग्रौलाले नेपाल न्युज अष्ट्रेलियालाई बताए ।

वैदेशिक शिक्षाको लागि नेपाललगायत देशमा विश्वासिलो र भरपर्दो सेवा दिँदै आएको एक्सपर्ट समुहले सामाजिक सेवाका लागि सञ्चालनमा ल्याएको फाउण्डेसनले नेपाललगायत विभिन्न मुलुकमा प्राकृतिक विपद् र महामारीका बेला सहयोग पुर्‍याउँदै आएको छ । सोही सन्दर्भमा अन्टार्कटिकामा जलवायु परिवर्तनसम्बन्धि छलफल गर्दै प्रतिबद्धता जनाएको सहभागी भुवन पाण्डेले उल्लेख गरेका छन् । 

एक्सपर्टका प्रशन्न दाहालले - फाउण्डेसनले वातावरण संरक्षणमा विश्वव्यापी चासो बढाउनको लागि यो  कार्यक्रम गरिएको बताउदै जलवायु परिवर्तनको असर भोगिरहेको हिमाली क्षेत्रलाई सहयोग गर्ने सम्बन्धमा बैठकमा छलफल भएको जानकारी दिए । बैठकमा यस्तो सहयोग जुटाउन सम्बन्धित सरोकारवालाहरुसँग सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो ।  नेपाल न्युज अष्ट्रेलियासंग कुरागर्दै  एक्सपर्ट मेलबर्नका निर्देशक सरोज शर्माले जलवायु परिवर्तनबाट नेपालका हिमालहरु पग्लिरहेकोमा चिन्ता व्यक्त गर्दै प्रकृति र सबै प्राणीको अस्तीत्व रक्षाका लागि जलवायु परिवर्तनको विषयमा विश्वव्यापी छलफल अझ तिब्र  हुनुपर्नेमा जोड दिइएको बताउछन् ।  

एक्सपर्टको टोलीमा भुवन पाण्डे, सरोजकुमार शर्मा, बसन्तराज पोख्रेल, रुपक बर्तौला, टिएन अर्याल, खेम संग्रौला र प्रसन्न दाहाल अन्टार्कटिका पुगेका हुन् । उनीहरुसहित जम्मा १३ जना नेपालीहरु टिममा छन् । नोभेम्बर १३ मा त्यहाँ पुगेको टोली नोभेम्बर २६ सम्म रहनेछ । एक्सपर्टले अहिले विश्वभरी ६० भन्दा बढी शाखा मार्फत् नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायतसहितका देशमा पढ्न जान सहजिकरण गरिरहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै