सिड्नीमा जी फाइभ माछापुच्छ्रे कप


  • September 26, 2016


सिड्नीमा जी फाइभ माछापुच्छ्रे कप

सिड्नी । माछापुच्छ्रे क्लबले यही आउदो नोभेम्बर महिनामा सीड्नीमा सर्वाधिक धनरासीको जी फाइभ नाइन ए साइड एमएफसी कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सिड्नी अर्वनमा पत्रकार सम्मेलनका आयोजना गर्दै क्लबले ब्यवस्थीत फुटबलको सोचका साथ न्यु साउथवेल्स फुटबल संघको आधिकारीक मैदानका रुपमा रहेको भ्यालेन्टाइन फुटबल पार्कमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । screen-shot-2016-09-26-at-8-37-26-pm
क्लबका अध्यक्ष विजेन बटाजुले समाजिक कार्यका साथै फुटबलमा लागेको माछापुच्छ्रे क्लबले यस पटक करिब चार हजार डलर पुरस्कार सहित यस पटक स्तरिय फुटबलको आयोजनागर्न लागेको बताए । दुइ दिने प्रतियोगितामा अस्ट्रेलियाका १६ नेपाली टोलीका सहभागिता रहने बटाजुले बताए । प्रतियोगिताको पहिलो हुने टिमले दुइ हजार डलर दोस्रो हुनेले आठ सय र तेस्रो स्थान प्राप्त गर्नेले चार सय डलर हात पार्ने क्लबका अध्यक्ष बटाजुले जानकारी दिए । बटाजुले फुटबलको आधिकारीक निकायभित्र खेल खेल्दै गर्दा नेपाली फुटबलरहरुले समेत त्यसमावाट फाइदा लिन सक्ने जिकिर गरे ।
दुइ समुह अर्थात खुल्ला र ३५ बर्ष माथि गरी प्रतियोगिताको बिभाजन गरिएको र ३५ मािथको लागि पनि पुरस्कार रकम राखिएको छ । यस बाहेक प्रतियोगिताका बेस्ट प्लेयर,म्यान अफ दी म्याच,वेस्ट गालेकिपर र सर्वाधिक गोलकर्ताको लागि ट्रफी तथा पुरस्कार रहेको क्लबका महासचिव रोहित थकालीले बताए ।
प्रतियोगिताको लिग चरणका खेलहरु दश दश मिनेट गरी कुल २० मिनेटको र क्वार्टरफाइनल देखिका नकआउट खेलहरु पन्ध्र पन्ध्र मिनेट गरी तिस मिनेटको हुने महासचिव थकालीले जानकारी दिए । screen-shot-2016-09-26-at-8-37-12-pm
कार्यक्रममा अध्यक्ष बटाजुले प्रतियोगितावाट बचेको रकम पोखराको सहारा क्लबलाई प्रदान गरीने बताए । यसअघिपनि क्लबले बिभिन्न च्यारीटी मार्फत समाजिक कार्यमा सहयोग पुरयाउदै आएको क्लबका पुर्व अध्यक्ष निरज श्रेष्ठले बताए । उनले मुलुकमा आएको बिनासकारी भुकम्प र बाढिका बेलामा क्लबले उल्ल्ेखनिय सहयोग गरेको बताए । उनले त्यसबेलामा क्लबले करिब ३० लाख रुपैयाको सहयोग गरेको सुनाए । सीड्नीमा रहेको माछापुच्छ्रे्र क्लबले छोटो समयमा पनि थुप्रै सरानिय कार्य गर्दै आफ्नो लोकप्रीयता कमाउन सफल भएको छ । क्लबले छोटो समयमा पनि सीड्नीको बिभिन्न फुटबल प्रतियोगिताको उपाधि समेत हात पारेर फुटबलमा अलग पहिचान बनाउन सफल भएको छ ।कार्यक्रममा प्रायोजककोतर्फवाट जी फाइभ ग्रुपकातर्mवाट कृतु केसीले फुटबलको लोकप्रीयता र युवावर्गको आकर्षण अनि भाइचाराको सम्वन्धबृद्धीका लागि सहयोग गरेको बताए । ,ग्यालेक्सी एजुकेशन,बिज एजुकेशन,नेपकम, सीडनी एक्सप्रेस, ग्लोब्यान्सी एजुकेशन मिलेर बनेको समुह जी फाइभले प्रतियोगिताका लागि आर्थिक सहयोग गरेको हो । कार्यक्रममा जी फाइभका राजमान थकाली ,एनआरएनका खेलकुद संयोजक नन्द गुरुङ,अस्ट्रेलियन नेप्लीज फुटबल संघका अध्यक्ष राजु मानन्धर लगायतले प्रतियोगिताको सफलताको कामना गरेका थिए ।


NEPAL NEWS Team
291 views

सम्बन्धित समाचारहरु