एण्टाले सिड्नीमा होली हंगामा मच्चाउने


  • March 2, 2023


एण्टाले सिड्नीमा होली हंगामा मच्चाउने

एनएनए प्रतिनिधि

सिड्नी । रंगहरुको पर्व फागु पुर्णिमाको अवसरमा एसोसियसन अफ नेपाल तराई इन अस्ट्रेलियाको आयोजनामा यहि मार्च ५ तारिख आइतबार “होलि हङ्गा”मा कार्यक्रम गर्ने भएको छ । सिड्नीको रक्डेलस्थित इन्द्रेणी फंसन सेन्टरमा हुने सो कार्यक्रममा लोकप्रिय कलाकारहरु प्रकास दुताराज र सुनिल पण्डितले आ आफ्नो कला प्रस्तुत गर्नेछन् । सो कार्यक्रममा किरण साह ,रमण रेग्मी ,नाच मिलन ,धर्मेन्द मिलन लगायतका कलाकारहरुले पनि आ आफ्नो गीत संगीत प्रस्तुत गर्ने आयोजक सस्थाले जनाएको छ । कार्यक्रमको बारेमा नेपाल न्युज प्रतिनिधिसंग कुरा गर्दै आयोजक सस्थाका अध्यक्ष सुभंस साहले प्रवासमा पनि हाम्रो कला सस्कृति र रिति रिवाजको प्रबर्धन गर्ने उद्देस्य ले कार्यक्रम गर्न लागिएको बताए । साहले भने – रंग हरुको पर्व फागु पुर्णिमाको अवसर मा कार्यक्रममा उपस्थितजनहरु बीच शुभकामना आदान प्रदान गरिनुका साथै उपस्थित हुनेहरुले नेपाली ,भोजपुरी र हिन्दी गित संगीत मार्फत भरपुर मनोरंजन लिन सक्नेछन ।

सन् २००८ मा स्थापना भएको यो सस्थाले बिशेसगरी तराइको भाषा ,कला सस्कृति र रिति रिवाज को अलावा धर्म र परम्पराको प्रबर्धनका लागि यस्तै खालका विभिन्न कार्यक्रम गर्दै आएको छ । साथै सस्थाले विभिन्न सामाजिक एबम कल्याणकारी कार्यहरु पनि गर्दै आएको छ ।


NEPAL NEWS Team
503 views

सम्बन्धित समाचारहरु