एनआरएनए अष्ट्रेलियाको सपथ तथा अवार्ड वितरण सम्पन्न


  • September 6, 2023


एनआरएनए अष्ट्रेलियाको सपथ तथा अवार्ड वितरण सम्पन्न

नेपाल न्युज प्रतिनिधि ।

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले साधारणसभाको अवसर पारेर निवार्चित पदाधिकारीहरुलाई सपथ तथा हरेक दुई वर्षमा प्रदान गर्दै आएको विभिन्न विधाको एवार्ड प्रदान गरेको छ । सिड्नीमा आयोजित उक्त साधारणसभामा निर्वाचन आयोगका अध्यक्ष टोनू गोथानेले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । साथै अवार्ड घोषणासभा तथा गाला डिनर कार्यक्रममा अष्टेलियाको नेपाली समूुदायमा रहेर विभिन्न क्षेत्रमा उल्लेख्य योगदान दिएवापत विभिन्न व्यक्तिहरुलाई एक्सीलेन्स एवार्ड प्रदान गरिएको थियो ।


एक्सीलेन्स अवार्डतर्फ एनआरएनए अफ दि ईयरमा डा. डिल्ली बन्जाडेलाई प्रदान गरिएको छ । यस्तै कल्चरल एम्बेसडर अफ दि ईयरमा ममता तिवारी, अर्गनाईजेसन अफ दि ईयरमा जिलोङ नेप्लीज कम्युनिटी मेलवर्न, विजनेस पर्सन अफ दि ईयरमा आदर्शजंग पाण्डे, एनआरएनए ओमन अफ दि ईयरमा सन्तोषी गौतम, कम्युनिटी सर्भिसेज पर्सन अफ दि ईयरमा नारायण गौतम, स्टेट पर्सन अफ दि ईयरमा सुरज पौडेल, हिउपति गुरुङ र गिरिश शर्मा भएका छन् । त्यस्तै मिडिया पर्सनालिटी अफ दि ईयरमा सरल गुरुङ चुूनिएका छन् ।
यस्तै विश्वविद्यालयतर्फ स्टुडेन्ट अफ दि ईयर आशिष ठगुन्ना, स्टुडेन्ट अफ दि ईयेरमा दूुई जना विजेता गौरब थापा र बिनम श्रेष्ठले पाउन सफल भए । स्पोर्टस पर्सन अफ दि इयरमा अठार वर्षमाथि सुजनकुमार सिल्पकार, युथ अफ दि ईयरमा भविश श्रेष्ठ, फ्रेन्ड्स अफ नेपाल डा रे हडसन, स्पोर्टस पर्सन अफ दि ईयरमा अठार वर्षमुनी अंशु आले, पुरस्कृत भएका छन् ।


त्यस्तै प्रेसिडेन्ट एवार्डतर्फ सिर्जना सैंजु, प्रकाशकाजी थापा, हाम्रो पाठशाला क्यानबेरा, मुक्तिराम पोखरेल, विजेन बटाजु, सुनील पराजुली, सूर्यप्रसाद गौतम, मुरारी लम्साल, पत्रकारद्ध्य कृष्ण तिवारी र तक्दीर अधिकारीलाई प्रदान गरिएको छ ।
त्यस्तै अर्को विधाको एनआरएनए अष्ट्रेलिया स्पेशल एप्रिसियसन एवार्डमा देव गुरुङ, डिलाराम खरेल, सरु गुरुङ, प्रकाश लामिछाने, मानवी पौडेल, अदिती कंडेल, अदिती खरेल, जेनिसा गौतम र नवीन विडारीलाई प्रदान गरिएको थियो ।


अवार्डका संयोजक भिष्म भण्डारीका अनुुसार एवार्डका लागि कूल १ सय २९ वटा नोमिनेसन परेको थियो । जसमध्ये एउटै व्यक्तिका मल्टिपल नोमीनेसनमा ४४ आवेदन परेका थिए भने ८५ जना व्यक्तिको आवेदनलाई आधार मानेर संयोजक भण्डारीको टिमले काम गरेको थियो ।

कार्यक्रममा नवनिर्वाचित एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आफ«ू अष्टे«लियावासी नेपाली समुुदायको सबैको अध्यक्ष भएको बताउदैं सबैको सम्मानका साथ हातेमालो गर्दै समुुदायको हितमा काम गर्ने बताए । अष्ट्रेलियाका लागि नेपाली राजद«त कैलाशराज पोखरेलले नवनिर्वाचितलाई बधाई दिदै आगामी कार्यकालकालागि श«ुभकामना व्यक्त गरे । त्यस्तै निवर्तमान एनआरएनए अष्टेलियाका अध्यक्ष नन्द गुरुङले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै सदैब आफुु नेपाली समुदायको हितमा अग्रसर हुुने बताए ।


कार्यक्रममा सहभागी हुुन विभिन्न राज्यबाट नेपाली समुुदायका अगुुवा, समाजसेवी उल्लेख्य उपस्थिति रहेको थियो । गाला डिनरमा केही नृत्यहरुमा समेत प्रस्तुुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, महावाणिज्य दुत दिपक खड्का, एनआरएनए अभियन्ता मन केसी एवार्ड कमिटीका प्रमुख भिष्म भण्डारी र एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङका साथै नवनिर्वाचित अध्यक्ष अनिल पोखरेल आइसीसी सदस्य डिल्ली ढकाल, भरतराज पौडेल लगायतले एवार्ड हस्तान्तरण गरेका थिए । यस पटकको एक्सीलेन्स एवार्डको छनोट कमिटीमा १३ जना संलग्न थिए । संयोजक भण्डारीको उक्त छनोट कमिटीले एनआरएनए अष्टे«लियालाई प«ुरस्कार छनौटमा अझ परिस्कृत एवं पारदर्शिताको लागि समितीलाई अध्ययनको लागि थप समयसिमा लगायतका विभिन्न सुुझावहरु समेत दिएको थियो ।


NEPAL NEWS Team
140 views

सम्बन्धित समाचारहरु