नेपाली नयां वर्षमा डार्बिनमा विविध कार्यक्रम


  • April 8, 2022


नेपाली नयां वर्षमा डार्बिनमा विविध कार्यक्रम

डार्बिन। अस्ट्रेलियाको उत्तरी क्षेत्रमा पर्ने डार्बिनमा नेपाली नया वर्ष २०७९ को स्वागतार्थ विविध कार्यक्रम गरिने भएको छ । नेप्लिज एसोसियसन अफ नरदन टेरोटरी र एनआरएनए नरदन टेरोटरीको सयुंक्त आयोजनामा नया वर्षको अवसर पारेर विविध सांस्कृतिक, ज्ञानबद्र्धक र मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक संस्थाले बताएको छ ।
यही अप्रिल ९ तारिख शनिवारका दिन फिलिपिनो कम्युनिटी सेन्टर मारारामा आयोजना गरिने छ । नेपाली कला संस्कृति भाषा भेषभुषाको प्रदर्शन एवम् मौलिक नेपाली कला संस्कृतिको अन्य समुदायलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो । नर्दन टेरोटरीमा अध्ययनका लागि आउने नया अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि उनीहरुको कार्यक्षेत्रका विज्ञहरुसगं भेटघाट गराएर पहिचान गराउने र समन्वय गरिदिने कार्यक्रम समेत रहेकाले मनोरञ्जन र संस्कृतिसगैं कार्यक्रम जानकारीमूलक रहनेछ ।
कार्यक्रममा डेप्युटी चिफ मिनिस्टर, मन्टिकल्चर्स मिनिस्टर लगायतका स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि,अन्तराष्ट्रिय नेपाली विद्यार्थी र स्थानीय समुदायहरु उपस्थिति हुने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न गायक गायिकाहरुको प्रस्तुती, नृत्य लगायतका कार्यक्रम पनि रहने आयोजकले बताएको छ ।


NNA Team
638 views

सम्बन्धित समाचारहरु